गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डक न्युज टिप्पणी
पोखरा । नेपाली काँग्रेसका नेता तथा कानुन मन्त्री यज्ञबहादुर थापाले आचारसंहिता कानुन मन्त्रीलाई नै किन नलागेको भन्ने प्रश्नमा निकै असहज ढंगले र अचम्म तरिकाले जवाफ दिएका छन् ।
पोखरामा सगरमाथा टेलिभिजनको आयोजनामा विहीबार भएको निर्वाचन विशेष कार्यक्रममा सहभागीहरुले मन्त्री थापालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रश्न उठाएपछि यसलाई सामान्य रुपमा लिनुपर्ने र यस्तो प्रश्न विपक्षीले भाषणमा उठाउने र प्रश्न सोध्नेलाई नै कार्यकर्ता भएको आशयमा अचम्मै लाग्दो जवाफ दिएका हुन् ।
मन्त्री थापाले अकमक्केर भनेका ति वाक्य कुनै कोणबाट पनि प्रश्नको जवाफका रुपमा आएन । सहभागी युवा विश्वदर्शन पराजुलीले कानुन मन्त्रीले नै निर्वाचन आचारसंहिता पालना गरेको छैन भन्दै घोषणापत्र, पार्टीले गरेका आचारसंहिता विपरित गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कास्की क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री थापाले भनेका छन्ः “प्रचार समितिले प्रचार सामाग्री छाप्दा पालना भएको छ । आचारसंहितामा मन्त्रीलाई तान्नुहुन्छ । यी सामान्य र तपसिलका कुराहरु…… यति ठूलो एकदम साँच्चै भनुँ भने … है है… सबैले, … अँ आँ … त्यसमा अलिकति आग्रह छ । हैन …. आग्रह भन्नाले कसैको कार्यकर्ता हुनु दोष होईन । कोणसभा, आमसभामा भाषण गर्नेले ल्याएको कुरा हो । भन्दै गर्नुहोला, यसबारे म धेरै जान्न । ….”
उनले वाक्य नटुंगिने यी जवाफमा पार्टीको प्रचार समितिले संहिताभित्रै रहेर काम गरेको, यति सामान्य कुरामा मन्त्रीहरुलाई तान्न नहुने, विपक्षी कार्यकताले आग्रहपूर्वाग्रहमा प्रश्न सोधेको र विपक्षीले सभाहरुमा लगाउने आरोप भनेर भनेका छन् । जबकि यो कुनै पार्टी विशेषप्रति नियोजित र पूर्वाग्रहसँग सोधिएको प्रश्न चाहिँ होईन ।
मन्त्रीलाई नै आचारसंहिता लाग्दैन भन्ने प्रश्न विपक्षी कार्यकर्ता नै भएपनि विपक्षीको मात्रै सवाल थिएन । उम्मेदवारको गाडीमा स्टिकर टास्ने , गाउँगाउँमा चुनावी प्रचारका लागी फेलेक्स, पोस्टर लगायत टाँसेको भेटिएको छ ।
सबै दलहरु यो सवालमा उल्लंघन कर्ता नै हुन् । तर यहाँ कानुनमन्त्रीले यस्तो भनेकाले उनी सम्बन्धित नै केहि तस्विर राखेका छौं ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा