पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १४ घाईते, दुई गम्भिर

पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १४ घाईते, दुई गम्भिर

24008318_1565050913588349_1406939738_o

गण्डक न्युज पोखरा, ८ मंसिर / पोखराबाट बीरगञ्ज जाँदै गरेको बस तनहुँमा दुर्घटना भएको छ । ना ४ ख ६५०० नम्बरको यात्रुबाहक बस राति ८ बजेतिर तनहुँको शुक्लागण्डकी अकलादेवी मन्दिर नजिकै सडकमा पल्टिएको हो ।

बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । दुई जनाको अवस्था गम्भिर रहेको छ । एक गम्भिर घाईते हुनेमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रा.डा. रघुवंश त्रिपाठी पनि छन् ।

उनीहरुको पहिचान नखुलेको घटनास्थलबाट हाम्रा समाचारदाता रियाज तिमिल्सिनाले जानकारी दिएका छन् । घाईतेलाई पोखरा ल्याईएको बताईएको छ । दुर्घटनापछि बसका चालक भागेका थिए ।

बसको सिसा सबै फुटेको छ । दुर्घटनाको कारणबारे केहि खुलिसकेको छैन । स्थानीयले केहिबेर राजमार्ग नै अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ