पोखरा, ९ मंसिर / रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा यतिबेला १९ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । तयारीकै क्रममा रेवान पोखराले पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानिय समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ । छलफलका सहभागिहरुले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषतानै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सिमित गर्न नहुने औल्याए । महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको भन्दै विभिन्न ठाउँबाट विरोध आएकोप्रति लक्षित गर्दै उनले सडकमै हुने अन्य अन्र्तराष्ट्रिय महोत्सवको उदाहरण प्रस्तुत गरे । विदेशिहरुले सडकमै गर्दा जताततैबाट समर्थन आउने यहाँ किन बिरोध ? उनले प्रश्न गरे । पालिखेले यसपटकको सडक महोत्सव सफल पार्न संस्थागत सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे ।

त्यस्तै पोलेमनपा वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले महोत्सव सडकमै गर्न सकिने तर व्यवस्थित तरिकाले गरिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले नयाँ वर्षको स्वागतका लागि गरिने आतिशबाजि कार्यक्रमप्रति पछिल्ला दिनहरुमा विरोध बढ्दै गएकोतर्फ संकेत गर्दै हजारौं पोखरेलीहरु यहि आतिशबाजि हेर्न मध्यरात सम्म कुरेर बस्ने गरेको बताए । जनचाहनानै आतिसबाजि गरिनुपर्ने भएपछि विरोध गर्नुपनि व्यर्थ भएको उनको भनाई थियो ।
रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले महोत्सवको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने औल्याए । त्यसैगरि कार्यक्रमका बक्ताहरुले सुरक्षा, पार्किङ्ग लगायतको उचित व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सल्लाहकार सूर्य भुजेल, बलराम पहारी, उपाध्यक्ष भिमसेन भुजेल, नेपाल पर्यटन बोर्डका प्रतिनिधी लगायतले महोत्सवका बारेमा बोलेका थिए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा आउँदो पुषको १३ देखि १७ गते सम्म लेकसाइडमा पोखरा सडक महोत्सव आयोजना गर्दैछ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ