पोखरा, ९ मंसिर / रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा यतिबेला १९ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । तयारीकै क्रममा रेवान पोखराले पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानिय समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ । छलफलका सहभागिहरुले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषतानै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सिमित गर्न नहुने औल्याए । महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको भन्दै विभिन्न ठाउँबाट विरोध आएकोप्रति लक्षित गर्दै उनले सडकमै हुने अन्य अन्र्तराष्ट्रिय महोत्सवको उदाहरण प्रस्तुत गरे । विदेशिहरुले सडकमै गर्दा जताततैबाट समर्थन आउने यहाँ किन बिरोध ? उनले प्रश्न गरे । पालिखेले यसपटकको सडक महोत्सव सफल पार्न संस्थागत सहयोग गर्ने प्रतिवद्धजा जाहेर गरे ।

त्यस्तै पोलेमनपा वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले महोत्सव सडकमै गर्न सकिने तर व्यवस्थित तरिकाले गरिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले नयाँ वर्षको स्वागतका लागि गरिने आतिशबाजि कार्यक्रमप्रति पछिल्ला दिनहरुमा विरोध बढ्दै गएकोतर्फ संकेत गर्दै हजारौं पोखरेलीहरु यहि आतिशबाजि हेर्न मध्यरात सम्म कुरेर बस्ने गरेको बताए । जनचाहनानै आतिसबाजि गरिनुपर्ने भएपछि विरोध गर्नुपनि व्यर्थ भएको उनको भनाई थियो ।
रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराईले महोत्सवको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने औल्याए । त्यसैगरि कार्यक्रमका बक्ताहरुले सुरक्षा, पार्किङ्ग लगायतको उचित व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए ।

रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सल्लाहकार सूर्य भुजेल, बलराम पहारी, उपाध्यक्ष भिमसेन भुजेल, नेपाल पर्यटन बोर्डका प्रतिनिधी लगायतले महोत्सवका बारेमा बोलेका थिए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा आउँदो पुषको १३ देखि १७ गते सम्म लेकसाइडमा पोखरा सडक महोत्सव आयोजना गर्दैछ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति