पाेखरा, १४ मंसिर / पोखरा बहुमुखी क्याम्पसले सप्ताहव्यापी कार्यक्रम साथ बिहीबार ३१ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसले उत्कृष्ट विद्यार्थी, कर्मचारी, शिक्षकसहित वार्षिकोत्सव अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरेको छ । त्यही अवसरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत पनि गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित छात्रछात्रा भलिबल, फुटसल, कविता, निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामुदायले सञ्चालन गरेका शैक्षिक संस्थालाई आवश्यक कुनैपनि प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताए ।

पोखरा–९ नयाँबजारमा रहेको क्याम्पसलाई प्रविधिमैत्री र अहिलेको माग अनुसारको शिक्षा दिनसक्ने गरी सक्षम बनाउन महानगरको जस्तोसुकै सहयोग गर्न बचन दिए । ‘क्याम्पसलाई पूर्वाधार बनाउन के आवश्यक छ । त्यो माग लिएर प्रक्रियागत रुपमा आउनुस, हामी सक्दो सहयोग गर्छौै,’उनले भने, ‘शिक्षणसंस्था भएकोले समुदायको साथले मात्र उभो लाग्छ ।’ उनले क्याम्पसले प्रतिस्पर्धी र क्षमतावान विद्यार्थी उत्पादनमा सधैं ध्यान दिनुपर्ने बताए । बजारमा बिकाउ हुने जनशक्ति उत्पादनमा शिक्षण संस्थाले ध्यान दिनुपर्ने उनले बताए ।
‘पुरानो सामुदायिक क्याम्पसलाई आवश्यक सहयोग गर्न हामी र महानगर सबै तयार छौं,’ उनले भने, ‘क्याम्पसलाई भौतिक रुपमा कुनैपनि सहयोग गर्न महानगर तयार छ ।’ पोखराको सुन्दरता जस्तै क्याम्पसको नाम पनि जोडिएकोले यसको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको उनलेब ताए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बास्तोलाले शैक्षिक संस्थाको प्रगतिका लागि हरदम प्रयास गरिरहेको बताए । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनका लागि व्यवस्थापन टिम नै खटिएको उनले बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले आगागी दिनमा क्याम्पसका विद्यार्थीलाई झनै गुणस्तरीय शिक्षा दिलाउन लागि परेको बताइन् । उनले क्याम्पसमा नयाँ विषय थपेर अझ परिस्कृत गर्दै जाने बताइन् ।
पोखरा–१ मा खुलेको यो क्याम्पस पछि नयाँबजारमा सरेको थियो । क्याम्पसमा अहिले स्नातकतहसम्म अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा पढाइ हुन्छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै