पोखरा, १५ मंसिर । बेलैमा सडक मर्मत नहुँदा पोखराको जिरो किमिका स्थानिय मारमा परेका छन् । बाग्लुङबसपार्कबाट जिरो सम्म चार लेनको बाटो सम्पन्न भईसक्दा पनि जिरो चोकबाट फिर्केसम्मको सडक मर्मत नभएकाले स्थानियले दिनरात धुलो खानुपरेको छ ।
धुलोका कारण विभिन्न रोगहरु लागिसकेको बताउदै स्थानियले शुक्रबार बाटो मर्मत नहुदा सम्म सवारी चल्न नदिने भन्दै करीब १ घण्टा सडक अबरोध गरेका थिए ।

धुलोका कारण स्थानियलाई स्वास्थ्यमा समस्या बन्दै गएको स्थानिय राजाराम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “४ वर्ष भयो बाटो बन्न लागेको तर कहिल्यैपनि निर्माण पुरा भएको छैन । कहिले वर्खा लाग्यो कहिले चाडपर्व भनेर बाहाना बनाउदै बाटो बनाएकै छैन ठेकेदारले ।” उहाँले थप्नुभयो – “३ /४ जना त टिबी रोगि भईसके ।”

यस्तै अर्की स्थानिय मिना थापाले आफुहरु बिरामी भएर कामकाज गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । “लामो समय भयो यो बाटो बिग्रेको धुलोले स्वास फेर्न नै गाह्रो हुने अवस्था आईसक्यो,” उहाँले भन्नुभयो – “छातिमा समस्या भएको छ, धुलोको एलर्जी भएको छ । सडक चाढै मर्मतको माग गर्दै आफुहरुले गरेको प्रर्दशनलाई प्रहरीले दमन गरेको उनिहरुको भनाई छ ।”

करीब १ घण्टाको प्रदर्शन पछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीको पहलमा छिटो भन्दा छिटो सडक कालोपत्रे गर्न दवाव दिने र सडक कालोपत्र नहुदासम्म सडकमा दिनको ४ पटक पानी राखेर धुलो मार्ने व्यवस्था गर्ने सहमति भएको छ ।
प्रल्हाद चन्द्र घिमिरे/समाचारपाटी
सम्बन्धित खबर
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच
पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन
पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर, १ सय २५ जनालाई स्वास्थ्य सेवा
भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न
२५ करोडमा बन्दैछ गण्डकी प्रदेशको संसद भवन
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य