भर्खरै बाटुलेचौरमा बाईकको ठक्करबाट गाईको बाच्छीको यस्तो हालत … (फोटो)

भर्खरै बाटुलेचौरमा बाईकको ठक्करबाट गाईको बाच्छीको यस्तो हालत … (फोटो)

1

शिशिर देवकोटा पोखरा, १५ मंसिर / पोखरामा छाडा चौपायाको व्यवस्थापनको कुरा नौलो होईन । व्यवस्थापनको प्रयास पनि नभएको होईन । तर अझै पोखरा जस्तो सुन्दर शहरमा छाडा चौपायाको लाईन सडकमै भेटिन्छन् ।

स्मार्ट सिटीको चुनावी नारा लागिरहँदा सडकमै गाईगोरु सवारीको ठक्करबाट मर्नुपर्ने स्थिति छ भने छाडा चौपायासँग ठोक्केर सवारी चालकहरुको ज्यान पनि जान सक्ने खतरा छ ।

केहि समय अघि (शुक्रबार राति ९ बजे) पोखराको बाटुलेचौरमा मोटरसाईकलको ठक्करबाट गाईको बाच्छीको भुँडी फुटेको छ । बाईक चालक भने सकुशल छन् ।

महेन्द्र गुफाबाट फुलबारी तर्फ जाँदै गरेको ग ४ प ८५८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा सडकर्म गाईको सानी बाच्छीको यस्तो विजोक भएको हो । प्रहरीले बाईक चालक राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । कानुनानुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।


तीब्र गतिमा आएको बाईकले बाच्छीलाई मरणासन्न हुने गरी चण्डिकाटोल, हेल्थपोस्ट नजिकै ठक्कर दिएको हो । संयोगवश बाईक चालक भने सुरक्षित रहेको र मानवीय क्षति भएको छैन । पोखरा महानगरपालिकाले समयमै यसतर्फ सोच्न जरुरी देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ