पोखरा चाउथेमा दुर्घटना, दुई गम्भिर

पोखरा चाउथेमा दुर्घटना, दुई गम्भिर

chauthe accident

रञ्जन अधिकारी पोखरा, १६ मंसिर / पोखराको चाउथेमा सवारी दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन् ।

ट्रयाक्टरसँग स्कुटर ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार रोकिराखेको ग १ त १६०८ नम्बरको ट्रयाक्टरमुनी ग ११ प २९१८ नम्बरको स्कुटर पसेको हो ।

केहि समय अघि (शनिबार बेलुकी ७ बजे) भएको सो दुर्घटनामा घाईते को थिए भन्ने बारे खुलेको छैन । प्रहरी भर्खरै घटनास्थल पुगेको छ ।

स्थानीयले घाईते दुवैलाई नजिकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेका छन् । घाईतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले घाईतेको नाम वतन नखुलेको जानकारी दियो ।

तस्विर: बसन्त बिनोद

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ