पोखरा आईरहेका स्याङ्जाका ढकालको मुग्लिनमा दुर्घटनामा मृत्यु

पोखरा आईरहेका स्याङ्जाका ढकालको मुग्लिनमा दुर्घटनामा मृत्यु

accident

पोखरा, १९ मंसिर / चितवनको ईच्छाकामना गाउँपालिका स्थित मुग्लिनमा मंगलबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोेटरसाईकलमा सवार स्याङ्जाका महेन्द्र प्रसाद ढकालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनको ठेगाना स्याङ्जा कहाँ भन्नेबारे प्रहरीले थप विवरण उपलब्ध गराउन सकेन ।

मुग्लिनबाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले काठमाण्डौँबाट पोखरा आईरहेको रेको बा ७७ प ४२६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्कर पछि घाईते ढकाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ