गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रञ्जन अधिकारी पोखरा, २० मंसिर / मुलुकमा बम आतंक छ । चुनावमा अराजक समूह हावी हुनेमा जानकार रहँदा रहँदै गृह मन्त्रीलाई पदच्युत गरेर सुरक्षा संयन्त्र आफै सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी लिन नसकेको गुनासो बढेको छ।
दिनदिनै बहालवाला मन्त्रीदेखि, उम्मेदवार बमको धरापमा परिरहेका छन्, एक म्यादी प्रहरीले प्रधानमन्त्रीकै सुरक्षार्थ खटिने क्रममा ज्यान दिईसके । कसले यस्तो हर्कत गरिरहेको छ ? सरकारबाट प्रभावकारी अनुसन्धान नभएको भन्दै नागरिक अचम्मित छन् ।
यही भय र त्रासले पृथ्वीराजमार्गमा यात्रु बेकारमा साढे दुई घण्टा जाममा फस्नुपरेको छ । स्थानीय आतंकित भए । मंगलबार बिहानपख बसमा सवार कुनै यात्रुको कालो ब्याग सडकमै खसेछ ।
पोखरा लेखनाथ सैनिकबस्ती स्थित पोखरा विश्वविद्यालय जाने चोक नजिकै बिहानै स्थानीयले झोला देखेपछि बम आशंकामा सुरक्षानिकायलाई खबर गरे । आर्मीले बम डिस्पोजको प्रक्रिया पूरा गर्दा साढे दुई घण्टासम्म राजमार्ग ठप्प बन्यो ।
अन्तिममा कालो झोलाबाट निस्क्यो कपडा र किताब मात्रै । प्रहरीले बसबाट झरेको अनुमान गरेको छ । बम ठानेर नै झोलामा धमाका दिएपछि अन्तिममा कपडै कपडा र किताब भेटिएको हो ।
हेर्नुहोस् भिडियो
तस्विर: गीता/सुशान्त
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एक लाख बढी मूल्यका बिलबिनाका खाद्य सामग्रीसहित मिनी ट्रक नियन्त्रणमा
स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित दुई युवक पक्राउ
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप