रञ्जन अधिकारी पोखरा, २० मंसिर / मुलुकमा बम आतंक छ । चुनावमा अराजक समूह हावी हुनेमा जानकार रहँदा रहँदै गृह मन्त्रीलाई पदच्युत गरेर सुरक्षा संयन्त्र आफै सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी लिन नसकेको गुनासो बढेको छ।
दिनदिनै बहालवाला मन्त्रीदेखि, उम्मेदवार बमको धरापमा परिरहेका छन्, एक म्यादी प्रहरीले प्रधानमन्त्रीकै सुरक्षार्थ खटिने क्रममा ज्यान दिईसके । कसले यस्तो हर्कत गरिरहेको छ ? सरकारबाट प्रभावकारी अनुसन्धान नभएको भन्दै नागरिक अचम्मित छन् ।
यही भय र त्रासले पृथ्वीराजमार्गमा यात्रु बेकारमा साढे दुई घण्टा जाममा फस्नुपरेको छ । स्थानीय आतंकित भए । मंगलबार बिहानपख बसमा सवार कुनै यात्रुको कालो ब्याग सडकमै खसेछ ।
पोखरा लेखनाथ सैनिकबस्ती स्थित पोखरा विश्वविद्यालय जाने चोक नजिकै बिहानै स्थानीयले झोला देखेपछि बम आशंकामा सुरक्षानिकायलाई खबर गरे । आर्मीले बम डिस्पोजको प्रक्रिया पूरा गर्दा साढे दुई घण्टासम्म राजमार्ग ठप्प बन्यो ।
अन्तिममा कालो झोलाबाट निस्क्यो कपडा र किताब मात्रै । प्रहरीले बसबाट झरेको अनुमान गरेको छ । बम ठानेर नै झोलामा धमाका दिएपछि अन्तिममा कपडै कपडा र किताब भेटिएको हो ।
हेर्नुहोस् भिडियो
तस्विर: गीता/सुशान्त
सम्बन्धित खबर
पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि