रञ्जन अधिकारी पोखरा, २० मंसिर / पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा कार्तिक १९ गते मोटरसाइकल दुर्घटना भयो ।
ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका २४ कास्कीकोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी गम्भिर घाईते भए । उनलाई उपचार गर्न काठमाण्डौ नै लैजानुपरेको थियो । उनको टाउकोमा गम्भिर चोट लाग्यो । खानेपानीको पाईप नै फुटेको थियो ।

ठ्याक्कै एक महिनापछि मंसिर १९ गते सोहि स्थानमा मोटरसाईकल दुर्घटना भएको छ । ग ६ प ३५१९ नम्बरको पल्सर मोटरसाईकल बेलुकी सिधै खोलामा खसेको छ । यसअघि जस्तै बाईक क्षत विक्षत छ । चालकलाई सहारा हस्पिटल लगिएको प्रहरीले बताएको छ । नामथर यो न्युज तयारपार्दा सम्म खुलिसकेको छैन ।

निकै फराकिलो चार लेनको सडक बनिसकेको छ । तर फिर्के पुल भने जस्ताको तस्तै छ, एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ । बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेन समात्नुपर्ने हुन्छ तर स्पीडका कारण नियन्त्रण गर्न सक्दैनन् अनि खोलामा खस्छन् । यसो हुनुको प्रमुख कारण त्यहाँ सडक बत्ती नहुनु रहेको स्थानीय बताउँछन् ।
पत्रकार कञ्चन थापाले कार्तिक १९ र मंसिर १९ मा सचित्र घटनाबारे जानकारी गराएकी छन् । उनले सरोकारवालालाई ध्यानाकर्षण गराउँदै यसअघि पनि जिप खसेको जनाईन् । आफूलाई ट्याग गरिएको पोष्टमा पोखरा ५ वडाअध्यक्ष धनबहादुर नेपालीले पहिलो कमेन्ट नै गरेर तत्काल समस्या समाधानमा जुट्ने लेखेका छन् ।
पोखरा जेसिजका पूर्व अध्यक्ष नारायण शर्माले सडक बत्तीमै जोड दिएका छन् । दीपक प्रसाद कोईरालाले ओभर स्पिडका कारण यस्तो घटना भएको टिप्पणी गरेका छन् । शिक्षिका गौरी तमु, पत्रकार शिव दाइ, आस्था न्यौपाने, रामचन्द्र लामिछाने लगायतले तुरुन्त ध्यानाकर्षण होस् भनी कमेन्ट गरेका छन् ।

पोखरा बाग्लुंग हाईवेमा साँघुरो पुल र राति अँधेरो हुने भएका कारण दुर्घटना हुने गरेको स्थानीयले बताए । उनीहरुले रात्री समयमा सडक बत्तीको माग गरेका छन् ।
एक महिना अघिको न्युज:
पोखराको फिर्के पुलमा बाईक दुर्घटना, एक गम्भीर, पानीको पाईप नै फुट्यो (फोटो फिचर)
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो