पोखरा, २० मंसिर /पोखराको फेवाताल किनारदेखि सराङकोटसम्म अन्नपूर्ण केबलकार प्रालिको लगानीमा केबलकार बन्दैछ । केवलकार निर्माणको लागि प्रालि र निर्माणको जिम्मेवारी पाएको चितवन कोइ कम्पनीबीच मंसिर पहिलो साता नै सम्झौता भइसकेको छ । सम्झौतासँगै केबलकार निर्माणको डिजाइन लेआउट गर्ने काम भइरहेको छ ।
केबलकार निर्माणको प्रारम्भिक काम भइरहेपनि निर्वाचन लगत्तै डोजर लगाएर तिब्र रुपमा निर्माणको काम अगाडि बढाइने परामर्श दाता रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
‘ढिलोमा १० देखि १५ दिनभित्र डोजर प्रयोग गरेर निर्माणको कामले तिब्रता पाउँछ,’ ढकालले भने, ‘अबको डेढ वर्षभित्र पोखराबाट सराङकोटसम्म केबलकार सञ्चालन हुन्छ ।’ पोखराको पर्यटनमा केबलकार नयाँ र महत्वपूर्ण प्रडक्ट बन्ने ढकाल बताउँछन् । फेवाताल किनार सेदीदेखि सराङकोटसम्म केबलकार सञ्चालन भएपछि पोखरामा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।
गत वर्ष शिलान्यास भएपनि केही प्रक्रिया पुरा गर्ने क्रममा निर्माणमा ढिलाई भएको थियो । केबलकारमा १ अर्ब १० करोड रुपैयाँ लगानी हुँदैछ । १ अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य भएपनि १० करोड रुपैयाँ लगानी बढेको प्रालिका अध्यक्ष कालु गुरुङले जानकारी दिए ।
केबलकारमा नेपालीहरुको ८५ प्रतिशत र विदेशी लगानीकर्ताको १५ प्रतिशत लगानी रहनेछ । विदेशी लगानी अन्तर्गत जापानी नागरिक टाकासी मियाहारा केबलकारसँग जोडिएका छन् । नेपाली लगानी अन्तर्गत नेपाली व्यवसायीहरुको ७५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहने गुरुङले जानकारी दिए ।

सेदीमा तल्लो स्टेसन र सराङकोट भुमरीगैरामा माथिल्लो स्टेसन रहनेछ । केबलकार निर्माणका लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले वित्तीय लगानी गर्नेछन् । जापानी कम्पनी निप्पोनले केबलकारको प्राविधिक पक्षमा सहयोग गर्नेछ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली अपनाएर केबलकार निर्माण गरिने गुरुङले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित निर्माण हुन लागेको केबलकारका लागि पोखराका पर्यटन व्यवसायी, संघसंस्था तथा स्थानीयबासीबाट साथ मिलेको गुरुङ बताउँछन् ।
सूर्योदय, सूर्यास्त, हिमालय, वरपरको हरियाली दृश्य, पोखरा, फेवाताल लगायतका दृश्यावलोकनका लागि सराङकोट प्रशिद्ध छ । सराङकोटमा पछिल्लो समय स्तरीय होटलहरु समेत थपिने क्रम जारी रहेकाले पर्यटकहरु अझै बढ्ने ढकालले बताए । ‘सराङकोट पुगेका पर्यटकलाई भुलाउन त्यस आसपासमा अन्य गन्तव्यहरुको पनि विकास गर्न आवश्यक छ,’ उनले भने ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ