रञ्जन अधिकारी पोखरा, २० मंसिर / केहि समय अघि सवा नौ बजे (२० मंसिर राति) पोखरा लेखनाथ क्षेत्रमा ठूलो आवाजमा विस्फोट भएको छ ।
स्थानीय आतंकित छन् । शहरी क्षेत्रका घरहरु नै थर्कने गरी विस्फोट भएको छ । पोखरा लेखनाथ वडा नं. २७, अर्घौं कालीगण्डकी सब स्टेशन डाँडा क्षेत्रमा विस्फोट भएको आँकलन गरिएको लेखनाथबाट पत्रकार भीमपाणी बरालले जनाए ।
डाँडा क्षेत्रमा बस्ती छैन । जंगल रहेको डाँडाको टुप्पोमा मन्दिर छ । केहि तल गन्धर्व टोल छ । लगत्तै प्रहरीलाई बुझ्दा बम पुष्टि नभएको बताएको छ । ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले अनुसन्धान भईरहेको जनाए ।
‘आवाज के हो ? कुरै बुझ्न सकिएको छैन । हामी पनि खोज्दैछौं ।’ पुरीले भने– ‘सेना, सशस्त्र र हामी सबै मिलेर अनुसन्धान गर्दैछौं । पब्लिकले पनि आवाज आयो मात्र भन्छ, कहाँ भन्नेबारे समेत पत्तो छैन । हाईवे मा पड्केको भन्छन्, टायर पड्केको हुन सक्ने विश्लेषण भईरहेको छ ।’
पत्रकार सन्दिप पौडेलले भने गुडिरहेको गाडीको टायर पड्केर यसरी घर नथर्कने बताउँछन् । स्थानीय समेत रहेका पत्रकार पौडेलले आर्मी, सशस्त्र र प्रहरीको गाडी सर्चिङमा रहेको जनाए ।
यसअघि, मंगलबार (१९ मंसिर) बिहान बसमा सवार कुनै यात्रुको कालो ब्याग सडकमै खसेछ ।
पोखरा लेखनाथ सैनिकबस्ती स्थित पोखरा विश्वविद्यालय जाने चोक नजिकै बिहानै स्थानीयले झोला देखेपछि बम आशंकामा सुरक्षानिकायलाई खबर गरे । आर्मीले बम डिस्पोजको प्रक्रिया पूरा गर्दा साढे दुई घण्टासम्म राजमार्ग ठप्प बन्यो ।
अन्तिममा कालो झोलाबाट निस्क्यो कपडा र किताब मात्रै । प्रहरीले बसबाट झरेको अनुमान गरेको छ । बम ठानेर नै झोलामा धमाका दिएपछि अन्तिममा कपडै कपडा र किताब भेटियो ।
सम्बन्धित खबर
पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट