रञ्जन अधिकारी पोखरा, २० मंसिर / केहि समय अघि सवा नौ बजे (२० मंसिर राति) पोखरा लेखनाथ क्षेत्रमा ठूलो आवाजमा विस्फोट भएको छ ।
स्थानीय आतंकित छन् । शहरी क्षेत्रका घरहरु नै थर्कने गरी विस्फोट भएको छ । पोखरा लेखनाथ वडा नं. २७, अर्घौं कालीगण्डकी सब स्टेशन डाँडा क्षेत्रमा विस्फोट भएको आँकलन गरिएको लेखनाथबाट पत्रकार भीमपाणी बरालले जनाए ।
डाँडा क्षेत्रमा बस्ती छैन । जंगल रहेको डाँडाको टुप्पोमा मन्दिर छ । केहि तल गन्धर्व टोल छ । लगत्तै प्रहरीलाई बुझ्दा बम पुष्टि नभएको बताएको छ । ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले अनुसन्धान भईरहेको जनाए ।
‘आवाज के हो ? कुरै बुझ्न सकिएको छैन । हामी पनि खोज्दैछौं ।’ पुरीले भने– ‘सेना, सशस्त्र र हामी सबै मिलेर अनुसन्धान गर्दैछौं । पब्लिकले पनि आवाज आयो मात्र भन्छ, कहाँ भन्नेबारे समेत पत्तो छैन । हाईवे मा पड्केको भन्छन्, टायर पड्केको हुन सक्ने विश्लेषण भईरहेको छ ।’
पत्रकार सन्दिप पौडेलले भने गुडिरहेको गाडीको टायर पड्केर यसरी घर नथर्कने बताउँछन् । स्थानीय समेत रहेका पत्रकार पौडेलले आर्मी, सशस्त्र र प्रहरीको गाडी सर्चिङमा रहेको जनाए ।
यसअघि, मंगलबार (१९ मंसिर) बिहान बसमा सवार कुनै यात्रुको कालो ब्याग सडकमै खसेछ ।
पोखरा लेखनाथ सैनिकबस्ती स्थित पोखरा विश्वविद्यालय जाने चोक नजिकै बिहानै स्थानीयले झोला देखेपछि बम आशंकामा सुरक्षानिकायलाई खबर गरे । आर्मीले बम डिस्पोजको प्रक्रिया पूरा गर्दा साढे दुई घण्टासम्म राजमार्ग ठप्प बन्यो ।
अन्तिममा कालो झोलाबाट निस्क्यो कपडा र किताब मात्रै । प्रहरीले बसबाट झरेको अनुमान गरेको छ । बम ठानेर नै झोलामा धमाका दिएपछि अन्तिममा कपडै कपडा र किताब भेटियो ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु