कास्कीमा बाम गठबन्धन अगाडि

कास्कीमा बाम गठबन्धन अगाडि

kaski-chunab

गण्डक न्युज पोखरा, २२ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कास्की जिल्लामा पनि बाम गठबन्धनले अग्रता लिएको छ । तीनै क्षेत्रको मतगणना कार्य जारी छ । प्रारम्भिक मत परिणाम सार्वजनिक भईरहँदा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार हाबी बनेको छ ।

कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना भईरहेको छ । कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समितिमा मतगणना जारी छ ।

अब हामी मत परिणाम अपडेट गर्नेछौं ।

कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए । प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ६ क्षेत्र रहेकोमा प्रतिनिधि सभामा ३७ र प्रदेश सभामा ७६ को उम्मेदवारी परेको थियो ।

कास्कीमा निर्वाचन क्षेत्र नं १ मा वामगठवन्धनको तर्फवाट पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा एमालेका खगराज अधिकारी र नेपाली काँग्रेसको तर्फवाट कानुन तथा न्यायमन्त्री यज्ञवहादुर थापा प्रतिष्पर्धामा छन् ।

त्यसैगरी, एकिकृत राप्रपा राष्ट्रवादीवाट सञ्जय कार्की, संघीय समाजवादी फोरमवाट मनवहादुर गुरुङ,राष्ट्रिय जनमोर्चावाट मदनमुरारी घिमिरे, नयाँ शक्तिपार्टीवाट सौगात पोखरेल,नेपाली काँग्रेस(विपी) चन्द्र वहादुर रानाभाट, देशभक्त जनगणतान्त्रिक मोर्चावाट टेकवहादुर गुरुङ , विवेकसिल साझाका दिपक पौडेल, मंगोल नेशनल अर्गनाईजेशनवाट रियाल गुरुङ, आमुल परिर्वतन मसिया पार्टीवाट पदमवहादुर गुरुङ, नेपाल दलित पार्टीवाट राजु परिवार तथा स्वतन्त्र ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार छन् ।

कास्की क्षेत्र नम्बर १ को (क) मा १३ जना प्रतिष्पर्धामा छन् । बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला रुपक, नेपाली कांग्रेसका जीवन परियार, राप्रपाका देउबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी) का रामबहादुर केसी, मंगोल नेसनल अर्गनाइजेसनकी जानु गुरुङ, राप्रपा प्रजातान्त्रिकका लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दीपककुमार थापा, विवेकशील साझा पार्टीका नवराज खनाल, नयाँशक्ति पार्टीका नारायणहरी तिवारी, राष्ट्रि जनमुक्ति पार्टीका सीता श्रीस मगर, नेपाल दलित पार्टीका मानबहादुर कामी, देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका श्रीधन राई छन् ।

क्षेत्र नम्बर १ प्रदेश (ख) मा ११ जनाले उम्मेद्वार छन् । बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ, नेपाली कांग्रेसबाट कृष्ण केसी, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर थापा, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरबहादुर कुवर, नयाशक्तिका कमल थाप, विवेकशील साझा पार्टीका फडिन्द्र मोहन कडेल, राप्रपाका नारायण गुरुङ, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी र देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका प्रेमराज मस्र्याङगी प्रतिष्पर्धामा छन्

निर्वाचन क्षेत्र नं २ मा पनि प्रतिनिधि सभातर्फ १३ जना प्रतिष्पर्धामा छन् । बामगठवन्धनवाट नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली काँग्रेसवाट देवराज चालिसे र संघीय फोरमवाट रत्न भट्टचन प्रतिष्पर्धामा छन् ।

राष्ट्रिय जनमोर्चावाट दालकुमारी खत्री, नयाँ शक्तिपार्टीवाट दीपक भण्डारी, विवेकशिल साझा पार्टीवाट श्रीकृष्ण श्रेष्ठ,,देशभक्त जनगणतान्त्रिक मोर्चावाट कर्णवहादुर पुन , नेकपा मालेवाट टेकनाथ भण्डारी, दलित पार्टीवाट लक्ष्मी विक, मंगोल नेशनल अर्गनाईजेशनवाट ज्ञानराज गुरुङ,संघीय लोकतान्त्रिक मंचवाट वालकुमार राई, राष्ट्यि जनमुक्ती उमा दर्लामी र स्वतन्त्र उम्मेदवार निर्मल खत्री चुनावी मैदानमा छन् ।

क्षेत्र नं २ प्रदेश (क) मा ९ जना चुनावी प्रतिष्पर्धामा छन्् । सो क्षेत्रमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्ण थापा, नेपाली कांग्रेसका गुरु बराल, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा पराजुली, विवेकशील साझा पार्टीका चिरञ्जीवी वराल, राष्ट्रिय जनमोर्चाका टिकाराम अधिकारी, राप्रपाका विष्णु खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर थापा मगर, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले र संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेल प्रतिष्पर्धामा छन् ।

क्षेत्र नं २ प्रदेश (ख) मा १० जना छन् । यस क्षेत्रमा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङ करण, नेपाली कांग्रेसका बिन्दुकुमार थापा, नयाँशक्ति पार्टीका डम्बरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी, नेपाल दलित पार्टीका मिठू परियार, राप्रपा प्रजातान्त्रिकका देवेन्द्रकिशोर बास्तोला, संघीय समाजवादी फोरम नेपालका किसन विश्वकर्मा, राप्रपाका विष्णुबहादुर खत्री, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर राना र नेपाली कांग्रेसका नेता नरेश शंकर पालिखे चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा ११ जना प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभाको लागि वाम गठवन्धनवाट नेकपा एमालेका जगतवहादुर विक र नेपाली काँग्रेसवाट शुक्रराज शर्माको उम्मेदवारी परेको छ । राष्टिय जनमोर्चावाट हिमलाल गौतम, नयाँ शक्तिवाट नारायणप्रसाद भण्डारी, संघीय समाजवादी फोरमवाट डिलवहादुर नेपाली, दलित पार्टीवाट दुर्गावहादुर कामी, देशभक्त जनगणतान्त्रिक मोर्चावाट भोजराज त्रिपाठी, विवेकशिल साझावाट मिलन अधिकारी , मंगोल नेशनल अर्गनाईजेशनवाट गोविन्द वहादुर गजमेर, जनसमाजवादी पार्टीवाट रमेश वसेल र स्वतन्त्र उम्मेदवार दुर्गादत्त तिमिल्सना चुनावी प्रतिष्पर्धामा छन् ।

क्षेत्र नं ३ (क) मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामजी बराल जीवन, नेपाली कांग्रेसकी शारदा पौडेल, नयाँ शक्तिका देवीप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, जन समाजवादी पार्टीका गोरे दमै, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाई, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्मा चुनावमा होमिएका छन् ।

क्षेत्र नं ३ प्रदेश (ख) मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका राजिव पहारी, नेपाली कांग्रेसका भोजबहादुर गुरुङ सिकन्दर, नयाँशक्ति पार्टीका नेत्रप्रसाद चापागाई, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, राप्रपाका धनुमाया कोइराला आचार्य, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीका कमला विक, संघीय समाजवादी फोरम नेपालका तुलबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ