कास्की २ मा एमालेका रबीन्द्रलाई सुरुदेखि नै अग्रता (हेर्नुहोस् मत)

कास्की २ मा एमालेका रबीन्द्रलाई सुरुदेखि नै अग्रता (हेर्नुहोस् मत)

kaski 2

गण्डक न्युज पोखरा, २२ मंसिर। कास्कीमा जारी मतगणना अनुसार कास्की क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका युवा नेता रबिन्द्र अधिकारीले सुरुदेखि नै अग्रता लिईरहेका छन् । नेपाली काँग्रेसका देवराज चालिसे पछ्याईरहेका छन् ।

एमालेका अधिकारीले २५२४ मत ल्याएका छन् । चालिसेको १५६२ मत छ ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ १३ जना प्रतिष्पर्धामा छन् । बामगठवन्धनवाट नेकपा एमालेका रविन्द्र अधिकारी, नेपाली काँग्रेसवाट देवराज चालिसे र संघीय फोरमवाट रत्न भट्टचन प्रतिष्पर्धामा छन् ।

राष्ट्रिय जनमोर्चावाट दालकुमारी खत्री, नयाँ शक्तिपार्टीवाट दीपक भण्डारी, विवेकशिल साझा पार्टीवाट श्रीकृष्ण श्रेष्ठ,,देशभक्त जनगणतान्त्रिक मोर्चावाट कर्णवहादुर पुन , नेकपा मालेवाट टेकनाथ भण्डारी, दलित पार्टीवाट लक्ष्मी विक, मंगोल नेशनल अर्गनाईजेशनवाट ज्ञानराज गुरुङ,संघीय लोकतान्त्रिक मंचवाट वालकुमार राई, राष्ट्यि जनमुक्ती उमा दर्लामी र स्वतन्त्र उम्मेदवार निर्मल खत्री चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ