पोखरा, मंसिर २३ । कास्की जिल्लाबाट पहिलो प्रदेशसभा सदस्य बन्न सफल भएका छन् काँग्रेसका बिन्दुकुमार थापा । कास्कीका नौ मध्ये आठ क्षेत्रमा बाम गठबन्धनले अग्रता लिईरहँदा थापाले मतगणनाको सात घण्टापछिबाट अग्रता लिएका थिए र अन्ततः जिल्लाबाट पहिलो जननिर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार थापा बिजयी भए । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् ।

थापाको विरुद्धका काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर पालिखे वागी उठेका थिए । पालिखेको १ हजार २ सय ९२ मत पाए । निर्वाचन अधिकृतको कार्यालय २ ले बिजयी भएको घोषणा गरेको हो ।

चुनाव जितेपछि थापाले संविधान कार्यान्वयनमा सरकारलाई सघाउने प्रतिबद्धता जनाए । उनले ४ नम्बर प्रदेश र पोखराको गुरुयोजना तयार गरेर विकासका काम थालनी गर्ने बताएका छन् । ‘प्रदेश र आफ्नो निर्वाचन क्षेत्रका लागि मतादातासँग गरेका प्रतिबद्धता पूरा गर्ने मेरो पहिलो काम हो, उनले भने–यसका लागि विज्ञको सहयोगमा गुरुयोजना तयार गर्छु र कार्यान्वयनको चरणमा प्रबेश गर्नेछु ।’

बिजयी भएपछि पोखरामा काँग्रेसको बिजय र्याली निस्किएको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना भैरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ