कास्की ३ मा एमालेका जगत विक विजयी, शुक्रराज शर्मा ८ हजार मतान्तरले पराजित

कास्की ३ मा एमालेका जगत विक विजयी, शुक्रराज शर्मा ८ हजार मतान्तरले पराजित

Jagat

पोखरा २३ मंसिर / कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका जगत विश्वकर्मा विजयी भएका छन्। उनले कांग्रेसका शुक्रराज शर्मालाई ८ हजार ३ सय ८६ मतान्तरले पराजित गरेका हुन्।

विश्वकर्माले ३२ हजार ६ सय ९० मत प्राप्त गरेका थिए भने शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए।

विश्वकर्मा एमालेको तर्फबाट विजयी भएका हुन्। उनी नेकपा एमालेका प्रदेश नं. ४ प्रचार विभाग प्रमुख एवं पार्टी पोलिब्युरो सदस्य हुन्। शर्मा पूर्व सांसद एवं कांग्रेस कास्कीका पूर्व सभापति र महाधिवेशन प्रतिनिधि हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ