प्रदेश मुख्यमन्त्रीका दावेदार किरण गुरुङ तनहुँ २ ‘ख’ बाट विजयी

प्रदेश मुख्यमन्त्रीका दावेदार किरण गुरुङ तनहुँ २ ‘ख’ बाट विजयी

Kiran Gurung

तनहुँ, मंसिर २४ । प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका दावेदारका रुपमा हेरिएका वाम गठबन्धनका साझा उम्मेदवार किरण गुरुङ तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । उनले काँग्रेसका धुव्र वाग्लेलाई १ हजार ४ सय १६ मतले पराजित गरेका हुन् ।

गुरुङले १५ हजार ६ सय ३० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गरे ।पूर्वमन्त्री समेत रहेका गुरुङ एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक हुन् ।

जितपछि बोल्दै गुरुङले जनताले दिएको विश्वासको मतलाई उच्च समान्न गर्दै जनताको विश्वासलाई आफुले कदापि टुट्न नदिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ