कास्कीका विजयी सांसदले भने– ‘प्रतिबद्धता सबै पूरा हुन्छ, मुख्य चूनौति एकता’ (भिडियो सहित)

कास्कीका विजयी सांसदले भने– ‘प्रतिबद्धता सबै पूरा हुन्छ, मुख्य चूनौति एकता’ (भिडियो सहित)

savaa 0

गण्डक न्युज पोखरा,२५ मंसिर / संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन संयोजन समिति कास्कीले आईतबार पोखरामा विजयी ¥याली निकाल्यो । कास्कीका तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा गरी आठ क्षेत्रमा जित हासिल गरेको बाम गठबन्धनले सहीदचोकदेखि मानवअधिकारचोक चिप्लेढुंगासम्म ¥याली निकालेको हो ।

¥यालीमा नेकपा एमाले तथा माओवादी केन्द्रका हजारौं कार्यकर्ता, समर्थक सहभागी थिए । विजय ¥यालीपछिको प्रतिबद्धता सभामा विजयी सांसदहरुले चुनावी दौरानका सिलसिलामा आफूले व्यक्त गरेका प्रतिबद्धता तथा बाम गठबन्धनले जारी गरेको प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1332421953528448/

कास्कीलाई समृद्ध जिल्ला बनाउने भन्दै उनीहरुले रोजगारी सिर्जना गरी ५ वर्षमा युवा पलायनलाई रोक्ने समेत बाचा गरेका छन । प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ बाट विजयी सांसद खगराज अधिकारीले रोजगारीको अवसर सिर्जना गरी कास्कीलाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउने प्रतिबद्धता जनाए । कास्की क्षेत्र नम्बर १ को वाम गठबन्धनको साझा प्रतिवद्धता पत्रमा सहकारी, कृषि पर्यटनको प्रर्वद्धन गरी ५० हजारलाई रोजगारी उपलब्ध गराइने उल्लेख छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका उपाध्यक्ष समेत रहेका अधिकारीले सुन्दर सफा र सभ्य नागरिक बस्ने जिल्ला बनाउने बताए । ‘निर्वाचनमा पराजितलाई समेत समेटेर काम गरिने छ,’ अधिकारीले भने, ‘पोखरालाई संसारको उत्कृष्ट पर्यटकीय शहर बनाइने छ ।’ अब नेपालमा एक मात्र कम्युनिस्ट पार्टी बन्ने घोषणा गरेका अधिकारीले अबको निर्वाचनमा एउटै पार्टी बनाएर मत माग्न आउने बताए ।

प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ बाट विजयी सांसद रवीन्द्र अधिकारीले रोजगारीको सिर्जना गरी ५ वर्षमा युवा पलायनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरे । वाम गठबन्धनले आर्थिक समृद्धि र दिगो विकासको ढोका खोल्ने दाबी गरेका अधिकारीले गठबन्धनलाई अवसर र चुनौती दुवै भएको बताए ।

https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1332458590191451/

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न चुनौतीपूर्ण भएको उल्लेख गरे । वाम गठबन्धनले कुनै देशले हेप्न नसक्ने सवल सरकार बनाउने चर्चा गर्दै अधिकारीले चुनावको अवधिमा गरेका सबै बाचा पूरा गर्ने प्रतिबद्धता जनाए । आम मतदाताले वाम गठबन्धनलाई दिएको मौकालाई राम्रोसँग पूरा गर्ने उल्लेख गर्दै उनले कमि कमजोरी औल्याएर खबरदारी गर्न आग्रह गरे ।

प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर ३ बाट विजयी सांसद जगत विश्वकर्माले नेपाली मतदाताले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा वाम गठबन्धनलाई दिएको बताए । मतदाताको माग र जनताको चाहानालाई पूरा गर्ने प्रतिबद्धता जनाए । नेकपा एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य समेत रहेका विश्वकर्माले संविधानको कार्यान्वयन र राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने उल्लेख गरे ।

सभामा प्रदेश सभा तर्फका विजयी सांसद कृष्ण थापाले पार्टीको निर्णय, घोषणापत्र र प्रतिबद्धतापत्रलाई जस्ताको तस्तै कार्यान्वयन गर्ने बताए । प्रदेश सभा सदस्यमा विजयी सांसद मनबहादुर गुरुङले उत्साह र सक्रियताका साथ जिताएकोमा आभार प्रकट गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही बनेर जनताका सुख दुखमा साथ दिने बताए ।

अर्का सांसद दीपक कोइरालाले कम्युनिस्टलाई जिताएर जनताले न्याय गरेको धारणा राखे । उनले गरिबीको अन्त्य, भ्रष्टाचार मुक्त र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि आइ पर्ने जस्तो सुकै कठिनाइको सामना गर्ने बताए ।

प्रदेश सभाका सांसद राजीव पहारीले आफ्नो कार्यकालमा पार्टी र कार्यकर्ताको शिर निहुरिने काम नगर्ने उल्लेख गरे । प्रदेश सभामा निर्वाचित सांसद रामजी बराल ‘जीवन’ले समृद्ध नेपाल र सुखी नेपाली बनाउन वाम गठबन्धनलाई जनताले मत दिएको उल्लेख गर्दै जनताको विश्वास र भरोसाप्रति बेइमानी नगर्ने बताए ।

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामराज रेग्मी, नेकपा एमाले कास्कीका कार्यवहाक अध्यक्ष तथा समितिका संयोजक दामोदर वैरागी, उपसचिव प्रभा कोइराला, नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य तथा कास्कीका संयोजक बखानसिह गुरुङ लगायतले बोलेका थिए ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीका कार्यवाहक अध्यक्ष दामोदर वैरागी र नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले वाम पन्थी गठबन्धनका उम्मेद्वार र दुबै पार्टीलाई जिताउन मतदान गर्ने जनसमुदायप्रति आभार प्रकट गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्ति मार्फत वैरागी र गुरुङले पार्टीको पक्षमा लाग्ने वाम गठबन्धनका नेता तथा कार्यकर्ता, शुभचिन्तक, समर्थक, किसान, मजदुर, सुकुम्बासी, शहीद तथा वेपत्ता परिवार, उद्योगी, व्यवसायी, वुद्धिजीवी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक र मानव अधिकारकर्मी प्रति आभार प्रकट गरिएको छ ।

यसैबीच, कास्की क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य कृष्ण थापाले पोखरा १६ लामाचौर स्थित जीवनआश्रित पार्क पुगेर माल्यार्पण गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ