पोखरा, २६ मंसिर / पोखरा मुस्ताङ्ग चोकमा बिजुलीको नाङ्गो तार चुँडिने अवस्थामा पुगेको थियो । यसअघि, पोखराकै रानीपौवामा भएको दुःखद घटनाले एक जनाको ज्यान लिईसकेको थियो ।
त्यसैले सरोकारवालालाई ध्यानाकर्षणका लागि जक्सन डटकमको फेसबुक पेजबाट चुँडिन लागेको तारको तस्विर शेयर भयो । सयौंले शेयर कमेन्ट गरेर नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराए । केहि घण्टापछि नै प्राधिकरणले सो क्षेत्रमा विद्युत अवरुद्ध गरी तारको मर्मत गरेको छ ।

गत साउन २६ गते पोखरा ११ रानीपौवामासडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भएकोमा उपचारकै क्रममा १७ कार्तिकमा मृत्यु भयो ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो बलेको थियो ।
घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक थिए । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । पोखरेलीहरु यो घटनापछि सडक तथा फुटपाथमा हिँड्दा समेत नांगो तार खस्ने हो कि भनेर त्रसित हुन्छन् ।

सम्बन्धित खबर
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति