पोखरा, २६ मंसिर / पोखरा मुस्ताङ्ग चोकमा बिजुलीको नाङ्गो तार चुँडिने अवस्थामा पुगेको थियो । यसअघि, पोखराकै रानीपौवामा भएको दुःखद घटनाले एक जनाको ज्यान लिईसकेको थियो ।
त्यसैले सरोकारवालालाई ध्यानाकर्षणका लागि जक्सन डटकमको फेसबुक पेजबाट चुँडिन लागेको तारको तस्विर शेयर भयो । सयौंले शेयर कमेन्ट गरेर नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराए । केहि घण्टापछि नै प्राधिकरणले सो क्षेत्रमा विद्युत अवरुद्ध गरी तारको मर्मत गरेको छ ।

गत साउन २६ गते पोखरा ११ रानीपौवामासडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भएकोमा उपचारकै क्रममा १७ कार्तिकमा मृत्यु भयो ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो बलेको थियो ।
घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक थिए । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । पोखरेलीहरु यो घटनापछि सडक तथा फुटपाथमा हिँड्दा समेत नांगो तार खस्ने हो कि भनेर त्रसित हुन्छन् ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन