पोखरा, १ पुस । पोखरा लेखनाथ–१३ भद्रकाली निवासी इन्द्रकुमारी गुरुङ शनिवार पोखराको प्रदर्शनी केन्द्र छिरिन्। प्रदर्शनी केन्द्र छिरेकी गुरुङ लामो समय विताइन्। उनी फर्किदै गर्दा उनले भनिन्– ‘यहाँ नछिरेका भए त धरै कुरा देख्न बाट वञ्चित भइदो रहेछ।’
नेशनल प्याब्सान कास्कीले शुक्रबार देखि अयोजना गरेको दोस्रो बृहत् शैक्षिक प्रदर्शनीमा पुगेर अवलोकन गरेकी गुरुङ शैक्षिक प्रदर्शनीको खुलेरै प्रशंशा गरिन्। ‘प्रदर्शनी हेर्न लायकको रहेछ। विद्यार्थीहरुको मेहनेत देखेर म जस्तै अरु आएका पनि अचम्मै परे’–गुरुङले भनिन्–‘विद्यार्थी यो मेहनेत हेर्न नआउने व्यक्ति पछुताउने छ।’ उनी जस्तै प्रदर्शनी अवलोक आउने जो कोही मुख बाट यस्तै कुरा सुन्न पाइन्थ्यो।
अवलोक गर्न आउने अभिभावकहरुले विद्यार्थीको मेहेनतको खुलैरै तारिफ गरे। कास्की जिल्ला बाट मात्रै नभई अन्य जिल्लाबाट पनि प्रदर्शनी अवलोकन गर्न आएका थिए। शैक्षिक प्रदर्शनीमा तनहु, पर्सा र बाग्लुङका विद्यार्थी तथा शिक्षकले पनि अवलोकन गरेको एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए।
‘प्रदर्शनीमा अवलोकन गर्नेको भिडले हामीलाई पनि थप हौसला प्रदान गरेको छ’–अध्यक्ष मोचीले भने–‘आइतवार सम्म प्रदर्शनी रहने भएकोले वञ्चाहरुले वनाएका सामग्रीहरु कस्ता रहेछन् भन्ने यहि आएर अवलोकन गर्दिन म सवैलाई आग्रह गर्दछु।’
प्रदर्शनीमा शनिवार सम्म २५ हजारले अवलोकन गरेको दर्शक तथा सहभागि व्यवस्थापन उपसमिति संयोजक दुर्गाराज सुवेदीले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा दर्शकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो।
आइतवार प्रदर्शनीसँगै १२ औ लोकनृत्य प्रतियोगिता पनि हुने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए। ‘एन प्याब्सान कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यवहारीक ज्ञान’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा भाषा, विज्ञान तथा प्रविधि, गणित, सामाजिक शिक्षा र पूर्व प्रावि गरी पाँच विधा समावेश गरिएको छ।
बृहत शैक्षिक प्रर्दशनीमा हरेक विधामा प्रथम, द्वितीय, तृतीय र चौँथो हुने विद्यालयलाई पुरस्कृत गरीने छ साथै सवै बिधाहरुको अंकको आधारमा समग्र रुपमा उत्कृष्ट प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई समेत पुरस्कृत गरिने छ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउँदै उनीहरुले हासिल गरेको ज्ञान व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रम अन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामाग्रीहरू उक्त शैक्षिक प्रर्दशनीमा प्रर्दशन गरिएको छ।
व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने नारा आत्मसाथ गर्दै २०७१ सालमा पहिलो बृहत् शैक्षिक प्रर्दशनीको ऐतिहासिक सफलतापछि नेशनल प्याब्सान कास्कीले दोस्रो संस्करणको रूपमा यो प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीद्वारा निर्मित सामग्रीको विद्यार्थीबाट नै प्रस्तुत गरिने उक्त कार्यक्रमले समग्र शैक्षिक क्षेत्रमा अभिप्रेरणा तथा नयाँ आयाम थप्ने अपेक्षा आयोजक एन प्याब्सनको छ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’