रञ्जन अधिकारी पोखरा, २ पुस / पोखरा एयरपोर्ट गेट नजिकै बिरौटामा आईतबार मध्यान्ह ठूलो दुर्घटना भयो । दुवै बाईकमा धेरै क्षति पुगेपनि भाग्यवश दुवै चालकलाई भने केहि भएन । व्यस्त सडकमा स्पीड र ओभरटेक गर्दाको परिणाम हो यो ।
आईतबार पूर्वान्ह ११ः५० बजे एयरपोर्ट अगाडिको व्यस्त सडकमा दुई बाइक आपसमा ठक्कर खाएको हो । लमजुङ सुन्दरबजार ४ घरबाट पोखरा आएका सुदीप अधिकारी पृथ्वीचोकबाट मुस्ताङचोक तर्फ गईरहेका थिए ।
बा ३८ प ७९१९ नम्बरको हंक बाईकमा रहेका उनी आफ्नै साईडमै थिए । स्याङ्जा सतौंका प्रदीप केसीले गाडी ओभरटेक गर्ने क्रममा केसी चढेको ग ९ प १८२२ नम्बरको पल्सर बाईक अधिकारीको बाईकसँग ठोक्कियो ।

ठक्कर खाएको हंक बाईक गुड्नै नसक्ने गरी बाङ्गिएको छ । अधिकारी सामान्य घाईते छन् । उनले भने- ‘म आफ्नै साईडमा थिएँ, अर्को बाईक ओभरटेक गर्दै आयो र ठोक्कियो ।’ उनी सशस्त्र प्रहरी मुक्तिनाथ बाहिनीमा कार्यरत छन् ।
केसी भने गाडीको कारण दुर्घटना भएको बताउँछन् । दुवै बाईकमा पछाडि बस्ने नभएकाले ठूलो क्षति टर्यो । घटनापछि प्रहरी पुगेर बाईक र चालक नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर
कास्कीका ६ मध्ये ३ क्याम्पसमा स्ववियु चुनाव सम्पन्न, ३ क्याम्पसमा अनिश्चित
वालिङ् क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज विजयी, सचिवमा अनेरास्ववियुकी बिना
अखिल (क्रान्तिकारी) गण्डकीले ५ जनालाई गर्यो साधारण सदस्यसमेत नरहने गरी कारवाही
पोखरा मासबारमा दिउँसै चितुवा भेटियो, उद्दार गरी पचभैया जंगलमा [भिडियो]
वन क्याम्पस पोखरामा एमाले र माओवादी निकट विद्यार्थीको संयुक्त प्यानल विजयी
त्रिआ क्याम्पस स्याङ्जामा देवदत्त नेतृत्वको नेविसंघको प्यानल नै विजयी
यो पनि पढौँ
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ