पोखरा । स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न सुरुगरेसँगै कर्मचारी र जनप्रतिनिधिहरु विच खटपट सुरु हुन थालेको छ । जनप्रतिनिधिसँग सल्लाह नलिईकन कर्मचारीले आफुखुसी काम गर्ने गरेको आरोप निर्वाचित प्रतिनिधिले लगाउने गरेका छन् भने आफुहरु कसैको दवावमा भन्दा पनि राज्यको नीति नियममा रहेर काम गर्ने कर्मचारीको भनाई छ ।
कर्मचारी र जनप्रतिनिधि दुई पक्ष विचको खटपट र आरोप प्रत्यारोपमा मात्र सिमित नरही अव हातपातमा परिणत हुन थालेको छ । वुधवार दिउसो १२ बजेको समयमा पोखरा लेखनाथ महानगर वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले महानगरका पशु शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याललाई दुई थप्पड हानेका छन् ।
आर्वामा रहेको पशु सेवा केन्द्रले व्यवसायिक कृषकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुगेका अर्याललाई लामाले दुव्र्यवहार गर्दै हातपात गरेका हुन् । लामाले एक छिन काम छ वाहिर आउनोस् भनेर एकान्तमा लगेर गालामा दुई झाप्पड लगाएको अर्यालले हिमाली आवाजलाई वताए ।
लामाले पिटेपछि अर्याल मलाई अध्यक्षले दुव्र्ववहार गर्नुभयो भन्दै रुँदै कार्यक्रम हलमा प्रवेश गरेको सहभागिले वताएका छन् । आर्वा सेवा केन्द्र प्रमुख कमला कार्कीले वडा अध्यक्षले एकछिन वाहिर जाम भनेर अर्याललाई लिएर जाँदा आफु पनि पछि पछि गएको र लामाले अर्याललाई गलामा थप्पड हानेर भुँईमा लडाएको आफुले प्रत्यक्ष देखेको वताईन् ।
‘तपाई महानगरको शाखा प्रमुख हाम्रो सेवा केन्द्रमा कार्यक्रम छ आउनोस् भनेर कमला जीले भनेपछि म पुँगे । अध्यक्ष नआई पुगेकोले कार्यक्रम सुरु भएको रहेन छ ।’ अर्यालले घटनावारे भने‘ सवै जना वडा अध्यक्ष आएपछि कार्यक्रम सुरु गर्ने भनेर वसेका रहेछन्। वडा अध्यक्षलार्ई सम्पर्क गनुहोस् मलाई धम्काउनु भयो भनेर कार्कीले भनेपछि मैले फोन गदा मलाइ पनि अश्लिल शव्दले धम्काए र पाँच मिनेटमा आउछु भनेर फोन राखे ’ अर्यालले भने ।
फोनमा कुराकानी भएको ५ मिनेटमा आउछु भनेको केही समयपछि गाडीमा आएका लामाले आफुलाई केही कुरा गर्नुछ भनेर वोलाएर वाहिर लगेर दुई थप्पड लगाएको अर्यालले वताए । गलामा हानेपछि आफु भुँईमा ढलेको उनको भनाई छ ।
वडा अध्यक्ष लामाले भने आफुले अर्याललाई कुनै हातपात नगरेको उल्टो अर्यालले नै आफुलाई अपशव्द वोल्दै १ थप्पड हानेको दावी गरेका छन् । कार्यक्रम भएको ठाउँमा पुग्दा कार्यक्रम सुरु भएकोले वाहिर गएर केही कुरा गर्ने भनेर निस्कदा आफुलाई अर्यालले झ्याम्म हानेर भित्र गएर मलाई वडा अध्यक्षले पिट्यो भनेर भनेको दावी लामाले गरे ।
वाहिर आएको १० सेकेन्डमै अर्यालले आफुलाई पिटेर भित्र गएको लामाले दावी गरे । ‘मैले पिटेको भए किन म आफै उजुरी दिएर प्रहरीलाई वोलाउथे । ’ लामाले भने ‘उहाँ अन्यायमा परेको भए त उहाँ प्रहरीमा जानु हुन्थ्यो नी । किन कर्मचारी युनियन वोलाउन लाग्नुभयो।’
आफुले सेवा केन्द्रका कर्मचारीलाई राम्रोसँग काम गर्नुपर्छ भनेर पटक भन्दा अहिले आफुलाई अर्यालले हातपात गरेको दावी गरे । कार्यक्रममा सहभागि व्यवसायिक कृषक कृष्णकुमारी कुँवरले आफुहरु हलभित्र भएकोले कसले कुटेको नदेखेको वताईन् । ‘हामीले कस्ले कुट्यो देखेनौँ । वडा अध्यक्षले वाहिर जाम भनेर लिएर गएको केही वेरमै हाकिम सर मलाई कुटपिट भयो भनेर रुुँदै हामी भएको ठाउँमा आउनुभएको हो।’
महानगरपालिकाका मेयर मानवहादुर जिसीले आफुले घटनाको अध्ययन गरिरहेको वताए । ‘घटना दुखद हो । जसले हातपात गरेको भएपनि अध्ययन गरेर कारवाही गर्दछु । कर्मचारी जनप्रतिनिधि जो भएपनि दोषीलाई कारवाही हुन्छ । ’
वुधवार पोखरा–१३ आर्वामा पशु सेवा केन्द्र सेवा केन्द्रले व्यवसायिक कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वडा नं ११,१२ र १३ का गरि २० जना कृषकहरुलाई आमन्त्रण गरिएको थियो ।
पोखराबाट प्रकाशित हिमाली आवाज पत्रिकामा विहीबार प्रकाशित समाचार ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस