पोखरा, पौष ११ / तनहुँ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू हुने दाबी गरेका छन् ।
सोमबार पोखरामा तमु जातिको ल्होसार पर्वको अवसरमा नौ पूजा म्हृिकी कोन्मे (बांगे) आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ४ को मुख्यमन्त्री हुने दाबी गरेका हुन् ।
पार्टीले मूख्यमन्त्री बनाउने आश्वासन दिएपछि मात्र आफू प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेको दिएको उनले बताए । ‘प्रदेश नम्बर ४ को पहिलो मुख्यमन्त्री मै हुँ, मलाई पार्टी नेतृत्वले मुख्य मन्त्री बनाउने भनेकैले प्रदेश सभा सदस्यको उम्मेद्वार भएको हुँ ।’, उनले भने ।
कार्यक्रममा बोल्दै सांसद गुरुङले प्रदेश नम्बर ४ लाई देशकै नमूना प्रदेश बनाउने उद्घोष गरे । उनले प्रदेश नम्बर ४ मा पर्यटन, आर्थिक र कृषिको धेरै सम्भावना भएकोले प्रदेश नम्बर ४ लाई देशकै नमूना प्रदेश बनाउन सकिने उल्लेख गरे ।
उनले भने,’देशमा लामो समयको राजनीति परिवर्तनसँगै अब आर्थिक, सामाजिक, सुशाशन र परिवर्तनको खाँचो छ, अबको ५ बर्षमा प्रदेश नम्बर ४ लाई देशकै नमुना प्रदेशको रुपमा विकास गरेर लैजाने हामीले योजना बनाएका छौं ।’
सांसद गुरुङले आफू तनहुँको कुनै प्रदेशबाट निर्वाचित भएपनि सिंगो प्र्देश नम्बर ४ को विकास र समृद्धि आफ्नो मुख्य मुद्धा हुने स्पष्ट पारे ।

प्रदेश नम्बर ४ को एमाले सचिव पृथ्वी सुब्बा गुरुङ पनि मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । उनी आफू पार्टीको केन्द्रीय सचिव र किरण भन्दा वरिष्ठ भएकाले स्वतः आफू मुख्यमन्त्री बन्ने बताउँदै आएका छन् । उनी लमजुङको प्रदेश (ख) बाट नेकपा प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । एमालेमा पृथ्वी सुब्बा ओली प्यानल हुन् भने किरण वामदेव पक्षका भनेर चिनिन्छ ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो