पोखरा, ११ पुस । पोखरा हेली सर्भिसेस प्रालि र सिम्रिक एयरले विशेष छुटमा हेलिकोप्टरबाट पोखरा तथा आसपासको दृश्यावलोकन प्याकेज ल्याएको छ ।
रेष्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गरेको ‘१९औं पोखरा सडक महोत्सव’का अवसरमा हेलिकोप्टरबाट पोखरा दृश्यावलोकनको व्यवस्था मिलाइएको हो ।
सिम्रिक एयरको हेलिकोप्टरबाट पोखरा साइडसिनको व्यवस्था मिलाएको पोखरा हेली सर्भिसेस प्रालिका सञ्चालक जीवन भट्टराईले जानकारी दिए । सडक महोत्सव बिहीबारदेखि पोखरामा हुँदैछ ।
महोत्सव आयोजक संस्था रेवानसँग सहकार्य गरेर साइडसिनको व्यवस्था मिलाइएको उनले बताए । ‘सडक महोत्सवको अवसरमा विशेष छुटमा सेवा प्रदान गर्न लागिएको छ,’ उनले भने, ‘अन्य समयको तुलनामा ३३ प्रतिशतसम्म छुट प्रदान गर्दैछौं ।’ ४ हजार ५ सय रुपैयाँदेखि १९ हजार ९ सय ९९ सय रुपैयाँसम्मका विभिन्न प्याकेजमा दृश्यावलोकन सेवा प्रदान गरिनेछ ।
पोखरा वरपरको छोटो प्याकेजदेखि अन्नपूर्ण वेशक्याम्पसम्म जाने प्याकेज मेला अवधिभर सञ्चालन हुनेछ । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकले हेलिकोप्टरबाट दृश्यावलोकनको मज्जा लिनेछन्,’ उनले भने, ‘पोखराको स्तरीय पर्यटनलाइ प्रवद्र्धन गर्न हेलिकोप्टरबाट गरिने दृश्यावलोकनले मद्दत गर्नेछ ।’
पाँच दिनसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव सञ्चालन हुँदैछ । ‘पर्यटकको चाहना अनुसारका उडान प्याकेज तयार गर्छौं,’ भट्टराईले भने । हेलिकोप्टरमा एक पटकमा ६ जना उड्न मिल्छ । हेलिकोप्टरबाट गरिने दृश्यावलोकन सेवा महोत्सवको विशेष आकर्षण बन्ने मेलाका प्रचारप्रसार संयोजक एव रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले बताए ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सडक महोत्सवको सफलता पोखराको प्रतिष्ठासँग जोडिएको हुँदा महोत्सव सफल पार्न आ–आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्ने उनले बताए ।
यस क्षेत्रको कला, सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पोखरालाई चिनाउन महोत्सव सफल हुने आयोजकको विश्वास छ ।
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि