पोखरा, १२ पुस / पोखरा जेसीजका पूर्व अध्यक्ष गोविन्दप्रसाद देवकोटा नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न ४४ औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित देवकोटा गण्डकी धौलागिरी क्षेत्रबाटै एक्ला प्रतिनिधि हुन् ।
पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष देवकोटा सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडका पोखरा ब्राञ्च म्यानेजर पनि हुन् । पोखरा जेसीजको नेतृत्वपछि देवकोटाले लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । सन् २००९ देखि देवकोटा जेसीज अभियानमा होमिएका थिए ।
सिद्धार्थनगर जेसिजको आतिथ्यतामा भैरहवामा तीन दिनसम्म चलेको महाधिवेशनबाट रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल अध्यक्षमा चुनिए । चार कार्यकारीणी उपाध्यक्षमा रश्मी शिल्पकार, अशोक शंकर, पदम बिक्रम सिंह र विकास मानन्धर विजयी भए । त्यसैगरी उपाध्यक्षमा देवकोटासँगै श्याम सुन्दर पौडेल, विजय गुरुङ, रविन पोख्रेल, टेकराज रेग्मी, राजेन्द्र घिमिरे, सुमित्रा शर्मा, विजय घिमिरे, जनक घिमिरे, रञ्जन चापागाइ, अमिश ढकाल र रश्मि निरौला विजयी भए । कानुनी सल्लाहाकारमा अञ्जन बाबु खत्री र कोषध्यक्षमा हेमराज ओझा चुनिए ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीज १ सय १७ देशमा विस्तार छ । नेपालमा सन् १९६४ मा स्थापित नेपाल जेसीजको अहिले देशभरी १ सय ३८ वटा शाखा रहेको छ । हरेक वर्ष नेतृत्व चयन हुने नेपाल जेसीजमा यस वर्ष १२ सय ८८ मतदाताले नेतृत्व चयन गरे ।
नेपाल जेसीजको इतिहासमा अहिलेसम्म पोखराबाट चार जना अध्यक्ष भएका छन् । हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन र राजु केसीले पूर्ण कार्यकाल नेपाल जेसीजको नेतृत्व लिए भने जगत पोखरेल उमेरहद विवादका कारण पदच्युत भएपछि सन् २०१६ को बाँकी कार्यकालका लागि पोखराकै रविन्द्र गुरुङ अध्यक्ष चुनिएका थिए ।
सन् १९७५ देखि यहाँ क्रियाशील पोखरा जेसीज पोखराकै पुरानो सामाजिक संस्था पनि हो । पोखरा जेसिजको नेतृत्व लिएका युवाहरु अहिले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा छन् । पोखरा जेसिजले नै मिस पोखरा जस्तो इभेण्ट आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?