गण्डक न्युज पोखरा, १३ पुस / अंग्रेजी नयाँ बर्षका अवसरमा १९ वर्षदेखि आयोजना हुँदै आएको पोखरा सडक महोत्सव सुरु भएको छ ।
नयाँ बर्षमा पोखरा आउने पर्यटकलाई लक्षित गरी रेवान पोखराको आयोजनामा भएको सो महोत्सवको प्रतिनिधिसभाका नवनिर्वाचित सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे ।
‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नारा सहित आयोजना भएको उक्त महोत्समा देशका ७ वटै प्रदेश र चाईना र भारतको समेत सांस्कृतिक कार्यक्रम प्रस्तुती हुने आयोजकले जनाएको छ । त्यसै गरी देशका सातै प्रदेशको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ ।

प्रदेश एक झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम, प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश ३ को काठमाण्डौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङ समुदायको, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लाको हुम्लेली जातीको र प्रदेश ७ को डडेलधुराबाट देउडा जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको रेवान पोखराका द्धितिय उपाध्यक्ष लक्ष्मण बरालले बताए ।

कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सट हुनेछन भने पोखराको लेकसाईड स्थित फिस्टेल गेट देखि डिहिकोपाटनसम्म करिब साँढे ३ किलोमिटर क्षेत्रमा महोत्सवको रौनक छाएको छ ।
सडक महोत्सव भए पनि शान्ति सुरक्षा र ट्राफिक व्याबस्थापनको हिसावले सडक पेटिमा व्यवसायीहरुले आफ्नो व्यवसाय प्रदर्शन तथा विक्रि गरेका छन् ।

सडक महोत्सवमा सुन्तलाका विभिन्न १५ वटा स्टलहरु रहेका छन् । ६ जिल्लाका सुन्तला प्रदर्शनी तथा सुन्तला खेति सम्बन्धि जानकारी समेत गराइएको छ । सुन्तलाको साथमा अन्य कृषिजन्य उत्पादन समेत प्रदर्शन भएको छ ।
महोत्सवमा प्रति केजी एक सयमा सुन्तला विक्रि समेत भएको ओमप्रकाश बरालले बताए । उनले उत्पादन गरेका क्याप्सिकम र कोरियन कांक्रो समेत प्रदर्शनीमा राखेका छन् ।

महोत्सवमा ४४ समूहको ¥यालीमा सहभागिता भएको थियो । महोत्सवको उद्घाटन सत्रमा पुन समाज पोखरा उत्कृष्ट झाँकी भएको छ । दुध पोखरी तमु समाज दोश्रो, तमु प्ले हू संघ तेश्रो र फेवा डुंगा व्यवसायी संगठनले सान्त्वना स्थान हासिल गरेको छ यस अघि पोखराको डिहिकोपाटन देखि बाराहीघाट, गौरीघाट, फिस्टेल गेट हुदै कोमागाने पार्क हुदै र्याली महोत्सवको मुख्य स्टेजमा पुगेको थियो । तामझामका साथ विभिन्न जातिको झाकीमा ¥याली प्रर्दशन भएको हो ।
उद्घाटन अवसरमा सांसद अधिकारीले ५ वर्षभित्रमा पोखरामा अबको दोब्बर पर्यटक भित्राउने दाबी समेत गरे । संसदको विकास समितिका निवर्तमान सभापतिसमेत रहेका अधिकारीले चुनावी घोषणा पत्रमा आफ्नो पार्टीले १० वर्षमा वार्षिक २० लाख पर्यटक भित्राउने उल्लेख गरेपनि ५ वर्षमै दोब्बर पर्यटक भित्रिने र योजना अनुसार सफलता प्राप्त गर्न सकिने बताए ।

पोखरा विमानस्थल निमार्णको जग्गा सम्याउने काम हालसम्म २.६ प्रतिशत जसो पूरा भएको बताउँदै सांसद अधिकारीले प्रदेश ४ कै पर्यटन प्रवद्र्धन गर्ने गरी दिगो ढंगले समयमै सोचेर योजना बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशको राजधानी निर्विकल्प रहेको पोखरा अन्य क्षेत्र भन्दा अझ बढी आर्थिक विकास र समृद्धिको सम्भावना भएको सांसद अधिकारीले बताए । देशकै लोकप्रिय महोत्सवको रुपमा रहेको सडक महोत्सवलाई आन्तरिक पर्यटक संगै बाह्य पर्यटन प्रवद्र्धनलाई आकषर्ण गर्ने विभिन्न प्याकेज दिन सक्नुपर्नेमा उनको जोड थियो ।
पोखरा विश्वकै नमूना पर्यटकीय स्थल भएको र यो विश्वमै उदाहरणीय रहेको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘हामीले एउटा राम्रो सभ्यता र संस्कार दिएका छौं, यहाँ बेलुका रातीसम्मै पर्यटक बस्छन्, खान्छन्, रमाउँछन् तर कुनै घट्ना घट्दैन, शान्त र सुरक्षित छ, यस्तो अन्त कतैपनि हुँदैन ।’
फरक प्रसंगमा, सांसद अधिकारीले राजनीतिक अलमलले सरकार बन्न ढिलाई भएकोमा गुनासो गरे । उनले भने ‘जनताले दिएको म्यान्डेडलाई कार्यान्वयन गर्न ढिलाई भई रहेको छ, अब छिट्टै नयाँ सरकार बनेर आर्थिक विकास समृद्धिको बाटो खुल्ला पार्नु पर्छ ।’ जनादेश अनुसार नै दलहरु अघि बढ्नुपर्ने भन्दै उनले जनादेश बमोजिम सरकार बन्ने पनि बताए ।

केरुङ–काठमाडौं–लुम्बिनी हुँदै पोखरा रेल आउने दाबी गर्दै त्यसपछि सडक मार्ग, हवाई मार्ग र रेलबाट विदेशी पर्यटक आएपछि पोखरामा पर्यटक पुग्दो हुने उनको भनाई थियो ।
कार्यक्रममा कास्कीका निर्वाचित सांसद राजिव पहारी, कृष्ण थापा, रामजी बराल जिवन, दिपक कोईराला रुपक, विन्दुकुमार थापाले पोखराको आर्थिक विकास र समृद्धिमा यहाँ रहेका ताल तलैया, कृषिको सम्भावनालाई उजागर पारी युवा रोजगारलाई प्रोत्साहन गरी पोखरा क्षेत्रमा पर्यटन पुर्वाधार निमार्णमा जोड दिएका थिए ।
रेवान पोखराका अध्यक्ष एंव कार्यक्रम संयोजक चौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष गोपि भट्टराई, द्धितीय उपाध्यक्ष लक्ष्मण बराल लगायतले वोलेका थिए ।

सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही, सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन