गण्डक न्युज पोखरा, १५ पुस / ‘प्लस टु लगत्तै कहाँ के पढ्ने ? यहाँ विद्यार्थीको धेरैको जवाफ हुन्छ, विदेश जाने ।’ – पोखरा मल्टिमोडल क्याम्पसका प्रमुख कृष्ण केसीले विद्यार्थी माझ नै भने– ‘सक्नेले विदेश पढ्न जाने र त्यहाँको ज्ञानसीपलाई आफ्नै मुलुकमा प्रयोग गर्ने हो भने त राम्रो हो तर यस्तो कमै छ । त्यसैले निजामति सेवामा उत्प्रेरित गर्न जरुरी छ ।’
पोखरा ८ सिर्जनाचोकमा अवस्थित सो क्याम्पसले बिबिएसमा अध्ययनरत आफ्ना विद्यार्थीका लागि लोकसेवा तयारी सम्बन्धमा प्रशिक्षण कार्यक्रम नै राख्यो । अध्ययनसँगै निजामति सेवामा प्रवेश गर्न लोकसेवा परीक्षा तयारी, यसका फाईदा सम्बन्धमा जानकारी हेतु कार्यक्रम आयोजना गरिएको प्रमुख केसीले बताए । कोरा किताबी ज्ञानले मात्र विद्यार्थीको उच्चतम् अंकले केहि नहुने भएकाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न यस्ता कार्यक्रम फलदायी हुने कसीको भनाई छ ।

लोक सेवा आयोग, पोखरा कार्यालयका प्रमुख विनोदबहादुर कुँवरले निजामति सेवा, लोकसेवा परीक्षाको तयारी, सेवा प्रवेश पछिका फाईदा सम्बन्धमा श्रव्यदृश्य सामाग्री सहितको जानकारी प्रदान गरे । उनले निजामति सेवा ऐन २०४९ मा रहेका मोटामोटी विषयलाई प्रस्तुत गर्दै निजामति सेवाका लागि वृत्ति विकास आवश्यक पर्ने, सेवा प्रवेशका लागि लिईने परिक्षा अत्यन्त निस्पक्ष हुने उल्लेख गरे ।
महिलालाई ३३ प्रतिशत, आदिवसासी जनजातिलाई २७ प्रतिशत, मधेशी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका ५ प्रतिशत र पिछडिएका क्षेत्रका ४ प्रतिशतलाई कोटाको व्यवस्था गरिएको उनले जनाए । निजामति सेवा परराष्ट्रतर्फ प्रवेश गरे विदेश नै बस्न पाउने, उच्च शिक्षाका लागि वैदेशिक अवसर पाउनेबारेमा पनि जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आफूले शाखा अधिकृतबाट सेवा प्रवेश गरेको स्मरण गर्दै उपसचिव र सहसचिवमा आफ्नो ब्याचमा प्रथम भएर नाम निकाल्दाको अनुभव शेयर गरे । उनले समसामयिक विषयमा जानकार हुनुपर्ने, कम्तिमा दैनिक दुई घण्टा पढ्नै पर्ने, पढ्नका लागि पढ्न नभई बुझेर अध्ययन गर्नुपर्ने, समय व्यवस्थापन गर्नुपर्ने बताए ।
क्याम्पसका बिहानीसत्रका संयोजक भुपाल जैसीले विद्यार्थीलाई पाठ्यपुस्तकमात्र नभएर भोलि जागिर खानका लागि आवश्यक पर्ने यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने बताए । विद्यार्थीहरुले पनि निजामति सेवा प्रवेशका तयारी सम्बन्धमा जिज्ञासा राखेका थिए ।
सो अवसरमा क्याम्पसका निर्देशक राजकुमार गिरी, क्याम्पस व्यवस्थापन उपाध्यक्ष पदम पहारी लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो