पोखरा, पुस १४ / पोखराकै पुरानो पोखरा बहुमुखि क्याम्पसका विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यार्थीले सडक बालबालिकालाई कपडा वितरण गरेका हुन् ।
स्नातकतह तेश्रो वर्षमा अध्ययनरत मानविकी र व्यवस्थापन संकायका विद्यार्थीको सक्रियतामा ५१ जना सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको सदस्य रोशन पौडेलले बताए । उनका अनुसार न्यानो कपडा वितरणका लागि विद्यार्थीले च्यारिटी शो मार्फत रकम संकलन गरेका थिए । क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीकोे सक्रियतामा कपडा वितरण गरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताईन् ।
विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरुलाई खाना पनि खुवाएका थिए । सामाजिक काममा विद्यार्थीको सहभागिता बढाउनका लागि आफुहरु सक्रिय भएको विद्यार्थी कल्याणकारी संघका उपाध्यक्ष बिजय नेपालीले बताए ।
उनका अनुसार विद्यार्थीलाई कपडा गर्न र खुवाउनका लागि १ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये पोखरा–लेखनाथ महानगरपालिका कार्यालयले ५० हजार रुपैयाँ सहयोग गरेको नेपालीले बताए ।
कपडा वितरण कार्यक्रममा प्रदेश सदस्य बिन्दुकुमार थापा, वडा अध्यक्ष रामराज लामिछाने लगायत व्यवस्थापन समितिका सदस्यले विद्यार्थीको सहभागिताले समाज सकारात्मक सन्देश दिलाउन सकिने बताए । सामाजिक काममा विद्यार्थीको सक्रियता बढ्नु सकारात्मक हुने उनीहरुले बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु