पोखरा बहुमुखीका विद्यार्थीबाट सडक बालबालिकालाई न्यानो कपडा

पोखरा बहुमुखीका विद्यार्थीबाट सडक बालबालिकालाई न्यानो कपडा

PMC

पोखरा, पुस १४ / पोखराकै पुरानो पोखरा बहुमुखि क्याम्पसका विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विद्यार्थीले सडक बालबालिकालाई कपडा वितरण गरेका हुन् ।

स्नातकतह तेश्रो वर्षमा अध्ययनरत मानविकी र व्यवस्थापन संकायका विद्यार्थीको सक्रियतामा ५१ जना सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको सदस्य रोशन पौडेलले बताए । उनका अनुसार न्यानो कपडा वितरणका लागि विद्यार्थीले च्यारिटी शो मार्फत रकम संकलन गरेका थिए । क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीकोे सक्रियतामा कपडा वितरण गरेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताईन् ।

विद्यार्थीले सडक बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरुलाई खाना पनि खुवाएका थिए । सामाजिक काममा विद्यार्थीको सहभागिता बढाउनका लागि आफुहरु सक्रिय भएको विद्यार्थी कल्याणकारी संघका उपाध्यक्ष बिजय नेपालीले बताए ।

उनका अनुसार विद्यार्थीलाई कपडा गर्न र खुवाउनका लागि १ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये पोखरा–लेखनाथ महानगरपालिका कार्यालयले ५० हजार रुपैयाँ सहयोग गरेको नेपालीले बताए ।

कपडा वितरण कार्यक्रममा प्रदेश सदस्य बिन्दुकुमार थापा, वडा अध्यक्ष रामराज लामिछाने लगायत व्यवस्थापन समितिका सदस्यले विद्यार्थीको सहभागिताले समाज सकारात्मक सन्देश दिलाउन सकिने बताए । सामाजिक काममा विद्यार्थीको सक्रियता बढ्नु सकारात्मक हुने उनीहरुले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds