गण्डक न्युज पोखरा, १ माघ / कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ स्थित सुईखेतमा सोमबार साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाईते छन् ।
हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो । उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो ।
त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।
यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते छन् । घाईतेको अहिले फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक श्रेष्ठ सहितको टोली घटनास्थल पुगी घाईतको उद्दार गरेको थियो ।
टाउको र निधारमा चोट लागेका त्रिपाठीलाई मनिपाल शिक्षण अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । धम्पुसका भण्डारीको भने दाहिने नली खुट्टामा गहिरो चोट लागेको छ र मुखमा समेत चोट छ ।
चालक रसाईलीको भित्री चोट छैन भने पछाडि बस्ने समिरको टाउकोमा रगत जमेकाले गम्भिर अवस्था रहेको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जानकारी दियो ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै