हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को मुख्य प्रायोजकको रुपमा नेपालकै उत्कृष्ट एजुकेशन कन्सलटेन्सी हिमाअजले आयोजक संस्था एपी ईन्टरटेन्मेन्टसंग सहकार्य गरेको छ ।

बिहिबार एपी ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र हिमाअज एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक राजमान थकालीबीच हस्पीटालिटी नेपाल कन्टेस्ट सिजन २ प्रतियोगिताको लागि सम्झौता भएको हो ।
यस कम्पनीले हस्पीटालिटी नेपाल कन्टेस्ट संग व्यवसायिक रुपमा सहकार्य गरेको पहिलो पटक हो । सम्झौतापछि हिमाअज एजुकेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक राजमान थकालीले कार्यक्रमको ब्यापकताले आफुहरुलाई लोभ्याएको प्रतिक्रिया दिए । साथै, प्रतियोगीताका सहभागी सम्पूर्ण प्रतिस्र्प्रधीहरुलाई उच्च शिक्षाको लागी अस्ट्रेलिया जान चाहनेहरुको लागी बिशेष अफर समेत दिने जानकारी गराए ।
दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ को तयारी तीब्र पारिएको छ । । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले ‘कन्टेस्ट’को तयारी तीब्र रुपमा अघि बढेको जनाएको छ । अहिले आवेदन फाराम खुल्ला छ । आयोजकले यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ ।

त्यस्तै, पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुने आयोजक एपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीले आवेदन दिने अनुमान गरेको आयोजक कम्पनीले फाइनलका लागि भने ३० जनामात्रै प्रतिस्पर्धीलाई छनौट गर्नेछ ।
विशेषतः नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु