पोखरा, ७ माघ । नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा ५ बमोजिम सम्बन्धित नाम र केन्द्र नमिले गाउँसभा वा नगरसभाको सिफारिसमा सरकारले परिवर्तन गर्नसक्ने ब्यवस्था गरिएको थियो । सोही ब्यवस्थाका आधारमा नाम र केन्द्र फेरिएको हो । विशेषगरी हिमाली जिल्लामा रहेका स्थानीय तहहरुको नाम फेरिएको छ ।
भर्खरै हिमाली जिल्लाको रुपमा दर्ज भएको गोरखामा सुलिकोट र भीमसेन गाउँपालिकाको नाम फेरिएको छ । सुलिकोट गाउँपालिकालाई बारपाक सुलिकोट गाउँपालिका बनाईएको छ भने भीमसेन गाउँपालिकाको नाम परिवर्तन गरी भीमसेन थापा गाउँपालिका कायम गरिएको छ । भीमसेन गाउँपालिकाको केन्द्रपनि हेरफेर भएको छ । यसअघि बगुमामा केन्द्र राखिएकोमा हाल मसेलको घ्याम्पेसालमा केन्द्र तोकिएको हो ।
तनहूँको घिरिङ गाउँपालिकाको केन्द्र सारिएको छ । गजरकोटमा रहेको केन्द्र पोखरीछापमा लगिएको हो । मनाङमा पनि नाशोङ गाउँपालिकाको नाम फेरेर नासोँ गाउँपालिका बनाईएको छ भने नेस्याङलाई मनाङ ङिस्याङ र नारफू गाउँपालिकालाई नार्पा भूमि गाउँपालिकाको रुपमा नामाकरण भएको छ । नेस्याङको केन्द्र पनि मनाङ गाविसबाट सारेर हुम्डेमा पु¥याईएको छ भने नारफूको साविक नार गाविसबाट वडा नम्बर ३ को च्याँखुमा लगिएको छ । स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र फेरिएको छ । जगत्रदेवी गुठीमा राखिएको केन्द्र गल्याङ बजारमा लगिएको सरकारले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।
यसैगरी, मुस्ताङका बाह्रगाउँ मुक्ति क्षेत्र र दालोमे गाउँपालिकाको पनि नाम फेरिएको छ । बाह्रगाउँ मुक्तिक्षेत्रको नाम वारागुङ मुक्तिक्षेत्र भएको छ भने दालोमेलाई लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाईएको छ । म्याग्दीमा ३ वटा गाउँपालिकाको केन्द्र हेरफेर भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र साविक पाखापानी गाविसको कार्यालयबाट रघुगंगा ३ मौवाफाँटमा सारिएको छ ।
धवलागिरीको मुनाबाट सातमुले घट्टेखोलामा गाउँपालिकाको केन्द्र लगिएको छ । अन्नपूर्ण गाउँपालिकाको पनि घारबाट सारेर पोखरेबगरमा पु¥याईएको छ । स्थानीय सरकारले आफ्नो पहिचानलाई स्थापित गर्ने उद्देश्यले बहमतको सहमतिबाट नाम र केन्द्र फेर्न केन्द्रमा सिफारिस गरेका हुन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार