पोखरा, माघ ७ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ ।

शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । त्यस्तै प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ ।

क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनले प्रदेश प्रमुख, प्रदेश सभा, मुख्यमन्त्रीको कार्यालय, सचिवालय र निवासका लागि विभिन्न स्थानमा सिफारीस गरेपनि तालुकी मन्त्रालयले अपेक्षकृत रुपमा सहयोग नगरेको बुझीएको छ । प्रदेश प्रमुखले सपथ लिएपछि पोखरामा प्रदेश संरचना मर्मत थालिएको छ । प्रदेश प्रमुख बस्ने अध्यागमन कार्यालय र प्रदेशसभाका लागि छुट्याईएको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा अहिले धमाधम मर्मत भैरहेको छ ।

प्रदेशसभाका ३६ जना प्रत्यक्ष सांसद रहेको ४ नम्बर प्रदेशमा समानुपातिकमा २४ सांसद चयन भएका छन् । प्रदेश संसद् भवनमा प्रत्यक्षका ३६, समानुपातिकका २४ गरी ६० सांसदसहित पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी कम्तिमा डेढ सय जना क्षमताको सभाहलको तयारी भइरहेको छ ।

तस्विर: डिएनए नेपाल डटकम
सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध