गण्डक न्युज पोखरा, ७ माघ । सरकारले प्रदेश प्रमुख चयन गरेसँगै प्रदेशका सांसदहरुले सपथ लिँदैछन् । आईतबार विहान ११ बजे प्रदेश सांसदको सपथ खुवाउने कार्यक्रम छ । त्यो भन्दा पहिले प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नेछन् ।
अध्यागमन कार्यालयमा तयार भएको प्रदेश प्रमुख कार्यालयमा प्रमुख बाबुराम कुवँरले पदभार ग्रहण गरेपछि प्रदेशका जेष्ठ सांसदलाई सपथ खुवाउने कार्यक्रम छ । त्यसपछि जेष्ठ सांसदले अरु सांसदहरुलाई प्रदेशसभा कार्यालय नदिपुरमा ११ बजे सपथ ग्रहण गराउनेछन् ।
पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेश प्रमुखको कार्यालयमा रुपान्तरण गरियो ।

प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाई शुरु भएको छ । प्रदेश प्रमुखले सपथ लिएपछि पोखरामा प्रदेश संरचना मर्मत थालिएको छ । प्रदेश प्रमुख बस्ने अध्यागमन कार्यालय र प्रदेशसभाका लागि छुट्याईएको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा अहिले धमाधम मर्मत भैरहेको क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?