गण्डक न्युज पोखरा, ७ माघ / पोखरेली शिक्षक विश्वभरका शिक्षक सहभागी पियर्सन इएलटी टिचर अवार्ड २०१८ मा प्रतिस्पर्धाका लागि छनोट भएका छन् । पोखराको नदिपुरका ३७ वर्षिय वमानप्रसाद घिमीरे बेलायतमा प्रत्येक बर्ष प्रदान गरिने यस अवार्डकालागि पहिलो पटक नेपाली शिक्षक छानिएका हुन् ।
विद्यार्थीको उपलब्धि कसरी मुल्याङ्कन गर्नु हुन्छ र शिक्षक हुनुको सबै भन्दा राम्रो पक्ष कुन हो भन्ने प्रश्नको बारेमा उनले दिएको भिडीयो उत्तरको आधारमा घिमीरे प्रतिस्पर्धामा छानिएका हुन् । पोखराको मासवार स्थित मदरल्यान्ड माविका शिक्षक घिमीरे अंग्रेजी विषयका शिक्षक हुन् ।
यस अघि उनले सन् २०१४ मा अमेरिकी सरकारबाट ‘टिचर एक्सीलेन्सी’ अवार्ड सोही बर्ष २०१४ मै अष्ट्रेलिया सरकारले पनि उनलाई ‘उत्कृष्ट शिक्षक’ अवार्ड प्रदान गरिसकेको छ । सन् २०१६ मा अमेरिकावाट ‘फेड्रियल असिस्टेन’ अवार्ड पनि उनले पाइसकेका छन् । सन् २०१२ मा कास्की जिल्लाका उत्कृष्ट अंग्रेजी शिक्षकको अवार्ड पाएका घिमीरेले अमेरिका र अष्ट्रेलिया पुगेर त्यहाँका बिद्यार्थीलाई पढाइसकेका छन् ।
विश्वभरका एक सय भन्दा बढी शिक्षक प्रतस्पिर्धामा रहेको यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले पाउने भोटको आधारमा घिमिरेको जितहार हुने छ । माघ १० गते सम्म उनलाई भोट दिन सकिने छ । प्रतिस्पर्धामा सहभागी शिक्षकलाई भोट गर्न कुनै शुल्क नलाग्ने गरि आयोजकले व्यवस्था मिलाएको छ ।
उनलाई विजयी गराउन यस लिंकमा http://www.woobox.com/jx8ext/gallery/GW2BRzLx7_o क्लिक गर्नुहोला । उनी अहिले सम्मको भोटका आधारमा दोस्रो स्थानमा रहेका छन् । बेलायतको अंग्रेजी भाषा सिकाउने प्रख्यात संस्था पियर्सनले यो कार्यक्रमको संञ्चालन गरेको हो ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब