पोखरा, माघ ७ । सर्वोच्चको फैसलापछि धेरैले दीपक मनाङ्गेको सपथबारे चासो राखेका छन् । आईतबार ४ नम्बर प्रदेशका सांसदले पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको हलमा सपथ ग्रहण गर्नेछन् ।
तर प्रदेश सांसदले सपथ लिनेबेला मनाङबाट निर्वाचित सांसद दिपक मनाङ्गे भने सहभागी हुने छैनन् । सर्वोच्च अदालतले पहिले नै सुनाएको ५ बर्ष कैद कार्यान्वयनको आदेशका कारण उनी सपथमा सहभागी नहुने लगभग निश्चित छ ।
यद्यपी अदालती काजगात निर्वाचन आयोगमा नपुगेका कारण सपथका लागि खवर गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । तर उनी सपथका लागि आएपनि प्रहरीलाई दिपक मनाङ्गे पक्राउ गर्ने आदेश भएका कारण सपथ अघि नै प्रहरीले पक्राउ गर्ने बुझिएको छ ।
‘सपथका लागि सांसदकै हैसियतले वहाँलाई खवर पुगेको छ, श्रोतले भन्यो–प्रहरी पक्राउ पुर्जी लिएर बसेका कारण सपथ अघि नै पक्राउ गर्ने सम्भावना छ ।’ सपथपछि तत्काल उनलाई पक्रिन कानुनले पनि अवरोध मान्छ । त्यसैले झण्झट नहुँदै पक्राउ गर्ने प्रहरीको तयारीका कारण मनाङ्गे पोखरा पनि आउने सम्भावना नरहेको श्रोतको भनाई छ ।
सम्बन्धित खबर
बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफुल वितरण
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
पहिरोले डुम्रे-बेशीशहर सडक अवरुद्ध, साँझदेखि यात्रु विचल्ली
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
पोउवा संघको उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग