गण्डक न्युज, पोखरा, माघ ७ — चार नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए ।
एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन्। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन्।

शपथ ग्रहण समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायत सुरक्षा निकायका क्षेत्रीय प्रमुखको उपस्थिति रहेको थियो।
त्यसपछि श्रेष्ठले नदीपुरस्थित प्रदेशसभास्थल (नगर विकास प्रशिक्षण केन्द्रको हल) मा अन्य सांसदलाई शपथ खुवाए। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सपथ ग्रहणमा ५८ सांसद सहभागी भए।
यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिकबाट प्रदेशसभा सदस्य छन्। तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएकाले उनी अनुपस्थिति रहे।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश कबाट निर्वाचित रामबहादुर गुरुङ पनि अनुपस्थित रहे। उनी विदेशमा भएकाले शपथमा नआएका हुन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ