गण्डक न्युज, पोखरा, माघ ७ — चार नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए ।
एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित श्रेष्ठ ६७ वर्षका छन्। सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन्।

शपथ ग्रहण समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायत सुरक्षा निकायका क्षेत्रीय प्रमुखको उपस्थिति रहेको थियो।
त्यसपछि श्रेष्ठले नदीपुरस्थित प्रदेशसभास्थल (नगर विकास प्रशिक्षण केन्द्रको हल) मा अन्य सांसदलाई शपथ खुवाए। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सपथ ग्रहणमा ५८ सांसद सहभागी भए।
यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिकबाट प्रदेशसभा सदस्य छन्। तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएकाले उनी अनुपस्थिति रहे।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश कबाट निर्वाचित रामबहादुर गुरुङ पनि अनुपस्थित रहे। उनी विदेशमा भएकाले शपथमा नआएका हुन्।
सम्बन्धित खबर
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता
व्यवसायिक तथा सीप विकास तालिम केन्द्रद्वारा सीपमूलक तालिम
पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै
नेकपा (एमाले) पोखरा ७ को वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पिएनमा एमाले अखिलको अग्रता कायमै, काँग्रेसको नेवि संघलाई स्वतन्त्रले पछि पार्यो
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै