पोखरामा यस्तो देखियो प्रदेश प्रमुखदेखि सांसदसम्मको सपथ (१५ तस्विर हेर्नुहोस्)

पोखरामा यस्तो देखियो प्रदेश प्रमुखदेखि सांसदसम्मको सपथ (१५ तस्विर हेर्नुहोस्)

Pradesh Pramukh Sapath

गण्डक न्युज, पोखरा, माघ ७ — प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आईतबार आफ्नाे कार्यभार सम्हालेका छन् । पोखरा पार्दी स्थित साबिकको अध्यागमन कार्यालयमा रहेको आफ्नो कार्यालयमा गएर पद सम्हालेका हुन् । लगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए ।

जेष्ठ सदस्य नेकपा एमालेका तर्फबाट नवलपरासीको बर्दघाट सुस्ता पुर्बमा पर्ने २ (ख) बाट निर्वाचित ६७ बर्षका श्रेष्ठलाई उनले सपथ खुवाएका थिए ।सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन्।

शपथ ग्रहण समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायत सुरक्षा निकायका क्षेत्रीय प्रमुखको उपस्थिति रहेको थियो।

प्रदेश प्रमुखबाट सपथ खाएसँगै नगर बिकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा गएर श्रेष्ठले उपस्थित अन्य ५७ जना सदस्यहरुलाई प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ मा ब्यवस्था भए बमोजिम सपथ खुवाएका हुन् ।

प्रदेश सभाका लागि निर्बाचित ३६ र २४ समानुपातिक गरी ६० जना सदस्य रहेकोमा श्रेष्ठ सँगै ५८ जनाले आईतबार सपथ ग्रहण गरेका हुन् । बाँकी २ जना अनुपस्थित रहेका थिए ।

मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार दीपक मनाङेको नामले परिचित राजिब गुरुङ र एमालेबाट निर्वाचित तनहुँका राम बहादुर गुरुङ अनुपस्थित रहेका हुन् ।

राजिबलाई हालै अदालतले ज्यान मार्ने उद्योगको अभियोगमा दोषी ठहर गर्दै ५ बर्षको जेल सजाए सुनाएको छ । पक्राउ पर्ने डरले उनी कार्यक्रममा उपस्थित भएनन् भने रामबहादुर बिदेशबाट आउँदै गरेकाले उपस्थित हुन नसकेका हुन् ।

प्रदेश नम्बर ४ मा एमाले, कांग्रेस, माओबादी, जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व रहेको छ ।

६० सदस्य मध्ये एमालेका २५, कांग्रेसका १५, माओवादीका १४, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ जना रहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधीकारीका अनुसार निर्बाचन परिणम आएको २० दिन भित्र संसद बस्नुपर्ने नियम भएकाले सोहि अनुसार अर्को बैठक बस्ने तर मिति भने तय भइसकेको छैन ।

मिडियालाई सपथ ग्रहण हलमा जान दिईएको थिएन । पत्रकारहरु बाहिरै रहे ।

.

.

.

तस्विरः सामाजिक सञ्जाल । शब्द: रोहितराज पराजुली/नयाँ पत्रिका

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ