कास्कीबाट प्रदेशसभाका नव निर्वाचित सदस्य राजीव पहारीले एक हप्ताभित्र फेवातालको आकार बढाउने काम शुरु गर्ने उद्घोष गरेका छन्।
पहारीले आइतबार सपथ खाएलगत्तै फेवातालमा पुगेर सन्चारकर्मीहरुसंग छोटो प्रतिक्रिया दिदै उनले फेवातालको आकार बढाउने उद्घोष गरेका हुन्। कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का प्रदेशसभा सदस्य पहारीले भने, ‘फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्छु।’
आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउनका लागि स्रोतको खोजी भइरहेको भन्दै पहारीले अब रफ्तारमा काम अघि बढ्ने बताए। उनले पत्रकारहरु सगँ फेवातालमा खहेर र हर्पन खोलाले ल्याएको माटो झिक्ने बताए ।
डोजर लगाएर फेवातालमा ल्याएको माटो झिक्ने उनको भनाई थियो । उनले फेवाताललाई ठुलो बनाउनका लागि प्राकृतिक र मानवीय रुपमा अतिक्रमण भएको हटाउने बताए ।
उनले पोखरा लेखनाथ महानगरपालिकासगँ छलफल गरिसेको र डोजर सञ्चालक सँग पनि छलफल गरेर ठुलो पार्ने काम थाल्ने बताए । उनले चुनाब अगाडी फेवाताललाई पाँच गुणा ठुलो बनाउने प्रतिबद्धता गरेका थिए ।
प्रदेश न ४ कै पर्यटनको मुटु फेवाताल बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोलीमात्रै होइन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको जिकिर थियो।
फेवातालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नुपर्ने भन्दै अब सो काम शुरु गर्ने पूर्ब तयारीमा रहेको जानकारी समेत दिए।
सम्बन्धित खबर
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शनमा
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका