कास्कीबाट प्रदेशसभाका नव निर्वाचित सदस्य राजीव पहारीले एक हप्ताभित्र फेवातालको आकार बढाउने काम शुरु गर्ने उद्घोष गरेका छन्।
पहारीले आइतबार सपथ खाएलगत्तै फेवातालमा पुगेर सन्चारकर्मीहरुसंग छोटो प्रतिक्रिया दिदै उनले फेवातालको आकार बढाउने उद्घोष गरेका हुन्। कास्की निर्बाचन क्षेत्र न ३ ख बाट प्रदेश न ४ का प्रदेशसभा सदस्य पहारीले भने, ‘फेवातालको आकार बढाउने काम एक हप्ताभित्र शुरु गर्छु।’
आफ्नो चुनाबी प्रतिबद्धता अनुसार आजको एक हप्तामा फेवा ताल फराकिलो बनाउनका लागि स्रोतको खोजी भइरहेको भन्दै पहारीले अब रफ्तारमा काम अघि बढ्ने बताए। उनले पत्रकारहरु सगँ फेवातालमा खहेर र हर्पन खोलाले ल्याएको माटो झिक्ने बताए ।
डोजर लगाएर फेवातालमा ल्याएको माटो झिक्ने उनको भनाई थियो । उनले फेवाताललाई ठुलो बनाउनका लागि प्राकृतिक र मानवीय रुपमा अतिक्रमण भएको हटाउने बताए ।

उनले पोखरा लेखनाथ महानगरपालिकासगँ छलफल गरिसेको र डोजर सञ्चालक सँग पनि छलफल गरेर ठुलो पार्ने काम थाल्ने बताए । उनले चुनाब अगाडी फेवाताललाई पाँच गुणा ठुलो बनाउने प्रतिबद्धता गरेका थिए ।
प्रदेश न ४ कै पर्यटनको मुटु फेवाताल बिस्तारै पुरिएकोमा चिन्ता ब्यक्त गर्दै उनले अब बोलीमात्रै होइन व्यवहार र कामले देश समृद्धितिर अघि बढ्ने उनको जिकिर थियो।
फेवातालको संरक्षकत्व लिने भन्दै यसको संरक्षणका निम्ति खुलेका संस्थाहरु सबै सरोकारवालाहरु अब उठ्नुपर्ने भन्दै अब सो काम शुरु गर्ने पूर्ब तयारीमा रहेको जानकारी समेत दिए।
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित