पोखरा, ११ माघ / धादिङ त्रिपुरा बाराही महिला समुह, पोखराको आयोजनामा पोखरा लेखनाथ १२ कार्कीडाँडामा बधाई तथा पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भयो ।
धादिङबाट पोखरामा आई बिभिन्न पेसा व्याबसाय गरी बसोबास गरेका महिलाहरुले आफ्नो जन्मथलो छोडेर आउँदा पनि धादिङको अस्तित्व रहिरहोस् भन्ने हेतुले गठन गरिएको यो महिला समुहल हालै तेश्रो साधारण सभा र दोश्रो अधिवेशनबाट निर्वाचित धादिङ पोखरा लेकसाईड पारिवारिक समाजका सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई अविर खादा लगाई स्वागत एवं बधाई दिएको हो । कार्यक्रममा ९० जना बढीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले प्रदेश नं ४ का सदस्य एवं पर्यटन व्यवसायी देबका पहारीले समाज रुपान्तरणमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने भएकोले सम्पुर्ण दिदीबहिनीहरुलाई समुहमा संगठित हुन आग्रह गरिन् ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी कमला सापकोटाले धादिङका दिदिबहिनीहरु अरुको ठाउँमा रहँदा पनि आफन्त्व कायम रहिरहोस् भनी आफ्नो समुहले आफ्ना दिदिबहिनीहरुलाई परेको हरकिसिमका समस्याहरुमा सहयोग गर्ने बताईन् ।
धादिङ पोखरा लेकसाईड पारिवारिक समाजका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले यस स्वागत एबं वधाई कार्यक्रमले जिम्मेवारी थप भएको बोध गराएको र महिला समुहमा आबद्व सदस्यहरु पनि एकै परिवारका सदस्य भएको उल्लेख गर्दै सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
समुहका द्वितिय उपाध्यक्ष बिमला लम्सालको स्बागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक बिन्दा धरेल, सल्लाहकारहरु कृष्ण कुमार श्रेष्ठ, कृष्ण बहादुर लम्साल, साधारण सदस्य निर्मला घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको संचालन समूहकी सचिव बबिता मल्लले गरेकी थिईन ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु