रञ्जन अधिकारी पोखरा, १२ माघ / पोखराको सभागृहचोक स्थित एक सुनचाँदी दुकानमा शुक्रबार राति आगलागी भएको छ । ओम लक्ष्मी सुन चाँदी दुकानमा राति विद्युत सर्ट भएर आगलागी हुँदा फर्निचरमा क्षति पुगेको छ । सुनका गरगहना भित्र राखिएकाले क्षति हुन पाएन ।
सञ्चालक हर्क बहादुर सुनारका अनुसार पानी तताएपछि स्वीच अफ गर्न बिर्सदाँ राति आगलागी भएको हो । राति आठ बजेतिर सटर बाहिर धुवाँ देखिएपछि स्थानीयले सञ्चालकलाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय, बैदामको टोली आएर सटर फोडेर आगो नियन्त्रणमा लिएको थियो । हर्कका बाबु तर्कबहादुरले पसल बन्द गर्नुअघि स्वीच अफ गर्न बिर्सेका थिए ।

‘छोरीको रिजल्ट भएकाले म छोरी लिएर घर गएकाले पसलमा थिईनँ । बुबाले चिसोमा तातो पानी तताउनुभएपछि स्वीच अफ नगरी सटर लगाउनुभएछ । पछि त्यहीँबाट आगो सल्कियो ।’ हर्कले भने– ‘ठूलो क्षति हुनबाट बच्यो । समयमै धुवाँ निस्केको थाहा पाएर फोन गरिदिनुभयो ।’

सराङकोट घर भइ पस्र्याङ बस्दै आएका सुनार परिवारले पोखरामा ४० वर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आएका छन् । आगलागीबाट सुनचाँदी गहनामा क्षति नपुगेपनि फर्निचरका सामान, गहना राख्ने बाकसहरु नस्ट भएको छ ।

सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै