काठमाडौं, १६ माघ– काठमाडौँ बालाजुस्थित माछापोखरीमा रातको समयमा तीन युवालाई चक्कु प्रहार गरेर भाग्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १३ गते रातको समयमा भएको चक्कु प्रहारबाट गोरखा भिमसेन गाउँपालिका ४ का सुवास लामिछाने, धादिङ गंगा जमुना ७ मान बहादुर घले र धादिङ बुढाथुम, पिठेका सुरज थापा घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न दाङ पुरन्धरा घर भइ हाल तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती मगर, सोही स्थानमा बस्ने अनिष खड्का र दोलखा कालिञ्चोक १ घर भई स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई पक्राउ गरेको हो ।
घटना पश्चात उनीहर तारकेश्वर ११ स्थित अभियुक्त मध्येका तिलक बहादुर घर्ति मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी निरीक्षक जनार्दन घिमिरेको टोलीले घटनामा प्रयोग भएको धारिलो हतियार चक्कु सहित पक्राउ गरेको हो ।
घाईते मध्ये लामिछाने र घले धादिङ–काठमाण्डौ चल्ने बसका चालक र थापा सहचालक हुन् । चालक तथा सहचालक खाना खाई सुत्नको लागि माछापोखरी स्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बस भित्र जाने क्रममा बुद्ध मल अगाडी आईपुग्दा अभियुक्तले एक्कासी अन्धाधुन्द रुपमा कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीको भनाई छ । घाईते मध्येका घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र थापाको घाँटी, छाती, कोखा, ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ ।

सुरज थापा, घाइते
अर्का घाईते लामिछानेको ढाडमा चोट लागेको छ । उक्त घटना पश्चात् तत्काल महानगरीय प्रहरी वृत्त बालाजुबाट डिएसपी विश्वराज खड्का समेतको टोली खटीई स्थानीय समेतको सहयोगमा घाईतेहरुलाई पिपल्स मेडिकल कलेज नयाँबजार पठाइएको थियो ।
पछि घाईते मध्येका सुरज थापालाई थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।
पक्राउ परेका तीनै जना अभियुक्तलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जनाइएको छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’