गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, १७ माघ / फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए ।
सांसद रविन्द्र अधिकारीको अग्रसरतामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो । मेसिनको बुधबार फेवातालमा परीक्षण गरिएको छ ।
जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन झिकाएको हो । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय महानगरले गरेको थियो ।
फेवाताल पछिल्लो समय निकै फोहोर बन्दै गएको छ भने वर्षौदेखि जलकुम्भी फैलँदा कुरुप बन्दै गएको छ ।
सम्बन्धित खबर
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
पहिरोले डुम्रे-बेशीशहर सडक अवरुद्ध, साँझदेखि यात्रु विचल्ली
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
पोउवा संघको उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
पोउवा संघ निर्वाचन: सदस्यको मतगणना सकियो, विजयी १० जना नामावली र मतसहित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग