गण्डक न्युज पोखरा, १७ माघ । मनोज पुनको मान्छे हुँ भन्दै धम्क्याएर करोडौं रकम असुल्न खोज्ने चार जनालाई प्रहरीले पक्रेको छ ।
व्यवसायी समेत रहेका कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, कालु गुरुङ, बोधराज गिरी र यस क्षेत्रकै प्रतिष्ठित कम्पनीका सञ्चालकलाई पैसा नदिए ज्यान नै मार्ने धम्की दिई रकम माग गर्ने पक्राउ परेका हुन् । पीडितहरु विस्तारै खुल्दै गएको बताईन्छ ।
पुनको नाममा बुटवलकै घटना दोहोरिने धम्की दिने गरेको बुझिएको छ । डेढ महिना अघि मात्रै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएकोमा त्यसको जिम्मेवारी पुनले लिएको समाचार सार्वजनिक भएको थियो । सांसद थापालाई अल्टिमेटम नै दिएर दुई करोड माग गरिएको तर त्यो भन्दा पनि बढि कालु गुरुङलाई १० करोड माग गरेको गोप्य स्रोतले जानकारी दिएको छ ।
मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।
उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएको सांसद थापाले बताएका छन् । उनले एक महिना अघि नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएका थिए ।
पुस १५ देखि नै नम्बर परिवर्तन गरेर दिनमा ५ पटकसम्म निरन्तर धम्की आईरहेको उनले बताए । एकै मान्छे कहिले भारत र कहिले नेपालबाट फोन गर्ने गरेको स्रोतको भनाई छ । घटनबारे थप अनुसन्धान चलिरहेकाले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने कास्की प्रहरीको तयारी छ ।
को हुन् मनोज
जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा फरार छन् । अहिले विदेशमै रहेको बुझिन्छ । यो घटनामा उनी संलग्न रहे नरहेको बारे भने खुलिसकेको छैन ।
सम्बन्धित खबर
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’