गण्डक न्युज पोखरा, २० माघ / पोखरा रंगशालामा ११ दिनसम्म पुगेर खेल हेर्ने हजारौं दर्शक मध्ये कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक ३ भलाबोटका उज्ज्वल पोखरेल सबैभन्दा भाग्यमानी दर्शक बने ।
डेढ सयको टिकट काटेर नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीचको फाइनल खेल हेर्न पुगेका उनले १ घण्टा बित्न नपाउँदै आफूले जितेको खुशीको खबर रंगशालामै सुने । प्रतियोगिता आयोजक सहारा क्लबले प्रतियोगिता अवधिभर खेल हेर्ने मध्येबाट काटिएका टिकटमध्ये गोलाप्रथाबाट ६३०५४ नम्बरको टिकटलाई स्कुटर विजेता घोषणा गर्दा सो नम्बरको टिकट उनकै हातमा थियो ।
डेढ सयको टिकटले खेलमा पहिलो हाफभर मनोरञ्जन त लिए नै । त्यसपछि स्कुटर उनको नाममा परेपछि हर्षको सीमा रहेन । उनले गण्डक न्युजसँग भने – ‘मैले अस्ति पुलिसको खेल हेरेको थिएँ । एकदम राम्रो लाग्यो । पुलिसको फाइनल खेल छुटाउन मन थिएन । हिजो मात्रै पोखराबाट घर गएको थिएँ । हतारमा आएर एक्लै टिकट काटेर छिरेँ । साथीहरु पहिल्यै रंगशाला छिरिसकेका रहेछन् । मलाई पर्दा त एकदम खुशी लाग्यो ।’

प्रमुख अतिथि राखेपका सदस्य सचिव केशवकुमार बिस्टको हातबाट लक्की ड्र गरिएको थियो । पोखरेल जागिर छाडेर अहिले विदेश जाने तयारीमा छन् । डेढ सयको टिकट काटी फुटबलको मज्जा लिएर उनी घर फर्कदाँ स्कुटर चढेर फर्किए ।
अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको एलइडी कलर टिभी प्राप्त गरे । उनको टिकट ६९२५३ लाई टिभी परेको हो ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?