पोखरा, २१ माघ । बृहत् सफाइ अभियान हेमजास्थित बाबियातराघाटमा शनिबार सम्पन्न भएको छ । ८८ औं हप्ताको उक्त अभियानअन्तर्गत सेतीनदीको घाट र त्यस वरपर थुप्रिएका झण्डै ७ टन फोहोरमैला मानवसाङ्लो बनाइ उठाइएको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।
‘हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नारासहित सञ्चालित अभियानमा यसअघि पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीका गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए । अभियानलाई नेपाल प्रहरीको तर्फबाट सधैँभर साथ र सहयोग रहीरहने उद्घोषसहित अभियानको पूर्ण सफलताको कामना गरे ।
वडा २५ अन्तर्गत सम्पूर्ण घाटको उचित व्यवस्थापन, नियमित सरसफाइ र त्यसको पवित्रता कायम राख्ने कार्यमा प्रतिबद्धता व्यक्त गर्छु भन्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले हस्ताक्षरसमेत गरे । वडा ७ का अध्यक्ष रामचन्द्र बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

यस साताको अभियानमा नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, माछापुच्छे्र महिला क्लब वडा ७, ड्यामसाइड टोल विकास, विष्णुपादुका मावि, हेमजा बोर्डिङ स्कुल लगायत स्थानीय वडाबासीको उल्लेख्य सहभागिता रहेको संयोजक रामबहादुर पौडेलले बताए । आगामी ८९ औं साताको सफाइ अभियान बसपार्कस्थित चाइनापुलमा हुनेछ ।
सेतीनदी महानगरभित्र करिब ३५ किमी लम्बाइमा फैलिएको छ भने साना ठूला गरी करिब ३५ बढी घाट छन् । केआईसिं पुलिदेखि महेन्द्रपुल, नयाँबजार, नदीपुर, बसपार्क, चोरसाँघु, घारीपाटनहुँदै सीतापाइलासम्म घर, होटल र रेष्टुरेन्टका मलमूत्रदेखि ठोस फोहरमैला समेत सोझै नदीमा बिसजन गर्दासमेत नगरपालिकाले कारबाही नगरेकोमा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित