पोखरा, २१ माघ । बृहत् सफाइ अभियान हेमजास्थित बाबियातराघाटमा शनिबार सम्पन्न भएको छ । ८८ औं हप्ताको उक्त अभियानअन्तर्गत सेतीनदीको घाट र त्यस वरपर थुप्रिएका झण्डै ७ टन फोहोरमैला मानवसाङ्लो बनाइ उठाइएको अभियन्ता लोकदर्शन कोइरालाले जानकारी दिए ।
‘हप्तामा एक घण्टाः राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नारासहित सञ्चालित अभियानमा यसअघि पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीका गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए । अभियानलाई नेपाल प्रहरीको तर्फबाट सधैँभर साथ र सहयोग रहीरहने उद्घोषसहित अभियानको पूर्ण सफलताको कामना गरे ।
वडा २५ अन्तर्गत सम्पूर्ण घाटको उचित व्यवस्थापन, नियमित सरसफाइ र त्यसको पवित्रता कायम राख्ने कार्यमा प्रतिबद्धता व्यक्त गर्छु भन्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले हस्ताक्षरसमेत गरे । वडा ७ का अध्यक्ष रामचन्द्र बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

यस साताको अभियानमा नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, माछापुच्छे्र महिला क्लब वडा ७, ड्यामसाइड टोल विकास, विष्णुपादुका मावि, हेमजा बोर्डिङ स्कुल लगायत स्थानीय वडाबासीको उल्लेख्य सहभागिता रहेको संयोजक रामबहादुर पौडेलले बताए । आगामी ८९ औं साताको सफाइ अभियान बसपार्कस्थित चाइनापुलमा हुनेछ ।
सेतीनदी महानगरभित्र करिब ३५ किमी लम्बाइमा फैलिएको छ भने साना ठूला गरी करिब ३५ बढी घाट छन् । केआईसिं पुलिदेखि महेन्द्रपुल, नयाँबजार, नदीपुर, बसपार्क, चोरसाँघु, घारीपाटनहुँदै सीतापाइलासम्म घर, होटल र रेष्टुरेन्टका मलमूत्रदेखि ठोस फोहरमैला समेत सोझै नदीमा बिसजन गर्दासमेत नगरपालिकाले कारबाही नगरेकोमा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित खबर
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा बालसाहित्य पुस्तक वितरण
सहारा युकेका संस्थापक अध्यक्ष गुरुङद्वारा सहयोग हस्तान्तरण
स्ववियू चुनाव: पोखरा नर्सिङ क्याम्पस सभापतिमा रचना पौडेलको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय