पोखरामा पहिलो प्रदेशसभा बैठक भोलि, आज सांसदहरुलाई यसरी अभ्यास गराइयो (फोटो फिचर)

पोखरामा पहिलो प्रदेशसभा बैठक भोलि, आज सांसदहरुलाई यसरी अभ्यास गराइयो (फोटो फिचर)

27655536_2299183020107112_5798968066065512096_n

पोखरा, २१ माघ / भोलि माघ २३ गते सोमबार बस्ने प्रदेश नम्बर चारको प्रदेशसभाको बैठकको तयारी पूरा भएको छ । बैठकको अघिल्लो दिन सांसदहरुलाई अभ्यास (रिहर्सल) गराइएको छ ।

सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष मण्डल गठन गर्ने लगायत कार्यसूचीमा छन् ।

सरकार गठन भएर नयाँ कार्यविधि बन्न समय लाग्ने भएकाले तत्काल लागु हुने गरी संविधानको धारा १९४ बमोजिम २४ बुँदे कार्यविधि तयार पारिएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन फारम र सदस्यको व्यक्तिगत विवरण फारम पहिलो बैठकमा पेश भएर पारित गर्ने तयारी छ ।

प्रत्येक दलका १–१ जनाको प्रतिनिधि हुने गरी ५ सदस्यीय अध्यक्ष मण्डल गठन हुनेछ । सभामुखको जिम्मेवारी पाएका ज्येष्ठ सदस्यबाहेक ४ नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ पार्टीका ८ सांसद बैठकमा सहभागी थिए । तीन ठूला दल एमाले, कांग्रेस माओवादीका २–२ जना, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद बैठकमा सहभागी थिए ।

बैठकमा फागुन ३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन मिति तय गर्ने गरी छलफलसमेत भएको छ । २२ गते नै बस्ने सर्वदलीय बैठकले त्यसको मिति तय गरेर प्रदेश सभा बैठकमा पेश गर्ने तयारी छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख उपसभामुखको निर्वाचन हुनु पर्ने संविधानमा व्यवस्था छ । प्रक्रिया मिलाउँदै जाने तर ३ गते सभामुख र ६ गते उपसभामुख निर्वाचनको मिति तोक्न बैठकमा प्रस्ताव गर्ने मोटामोटी सहमति भएको सांसद हरिबहादुर चुमानले बताए ।

यो प्रदेशमा पहिलो दल एमालेले मुख्यमन्त्री र तेस्रो दल माओवादीले सभामुख पाउने भागबन्डा भएको छ । बैठकका लागि तयार पारिएको सभा हलमा सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाँपट्टि सत्तापक्ष र बायाँपट्टि प्रतिपक्षका सांसद रहने छन् ।

तर, सरकार गठन नभइसकेकाले दाँयापट्टिको पहिलो रोमा ठूलो पार्टी एमालेका सांसद, बायाँपट्टि दोस्रो ठूलो दल कांग्रेसका सांसद र एमालेका सांसद पछाडि तेस्रो पार्टी कांग्रेसका सांसद रहनेछन् । त्यसभन्दा पछाडि दुईतिर साना पार्टी जनमोर्चा र नयाँ शक्तिका सांसद रहने छन् ।

सांसदभन्दा पडाडि पर्यवेक्षक, पत्रकार लगायतका लागि छुट्टै दर्शकदिर्घा कक्ष बनाइएको छ । बैठकका लागि तयारी पूरा भइसकेको छ । कार्पेट ओछ्याउने, सभामुख तथा सांसदका लागि कुर्सी तथा टेबल तयार पार्ने, माइक, इन्टरनेट, बिजुली लगायत सबै तयारी भइसकेका छन् ।

Pic. Raj Bahadur Gurung

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ