५२ वर्ष देखि नेपाल बस्दा पनि नागरिकता पाएनन्, धेरैले नचिनेका पुतली बाजे (भिडियो सहित)

५२ वर्ष देखि नेपाल बस्दा पनि नागरिकता पाएनन्, धेरैले नचिनेका पुतली बाजे (भिडियो सहित)

putali baje

सुमन ढुङ्गाना पोखरा, २२ माघ /आफ्नै नाभीमा भएको बिनाको सुगन्ध थाहा नपाएको कस्तूरी जस्तै हामीकहाँ भएका थुप्रै प्राकृतिक र जैविक सम्पतिबारे हामी नेपाली नै अनभिज्ञ छौं । तर केही विदेशी यस्ता छन्, यहाँ आएर तीबारे पत्तामात्रै लगाएका छैनन् कि आफ्नो जीवन नै नेपालमै बिताएर नेपालकै लागि खोजअनुसन्धान गरिरहेका छन् । र यो देशलाई गुन लगाइरहेका छन् । तिनैमध्येका एक हुन् बेलायती नागरिक कलिन फिलिप स्मित अर्थात पुतली बा्रको खाटमा सुतिरहेका छन् सेतै कपाल र दारी पालेका एक बृद्ध, उनलाई कोहीले पुतली बाजे भन्छन् % घरभित्रको खाटमा सुतिरहेका छन् सेतै कपाल र दारी पालेका एक बृद्ध, उनलाई कोहीले पुतली बाजे भन्छन् त कोहिले गोरा बाजे । उनलाई सबैले नेपाली ठान्छन् । तर उनी हुन् ८१ वर्षीय बेलायेती नागरिक कलिन फिलिप स्मित ।

विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा उनी युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका थिए । पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको स्कुलमा पढाउन गए । त्यहाँ उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाएका रहेछन् । आफूले पढाएको विद्यार्थी अहिले देशको ठुलो मान्छे भएको मा गर्ब छ उनलाई ।

गोरखामा २ बर्ष पढाएर उनि फेरी पोखरा फर्के र केहि बर्ष पृथ्बी नाराएण क्याम्पसमा फिजिक्स बिषय अध्यापन गरे । सानै देखि पुतली प्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आए देखी नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतली को अनुषन्धान र खोजमा लागे ।

५० भन्दा बढी जिल्ला पुगेका उनले नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाए जस मध्य ५५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विश्वविद्यालय को केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विश्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले पुतलीसम्बन्धी १० वटा किताब लेखिसकेका छन् ।

कतिपय विदेशीले नेपालका पुतली संकलन गरी विदेश लगेको आरोप उनी लगाउँछन् । पुतलीबारे खोज र संकलन गर्दै उनले आफ्नो जीवनको आधा शतक भन्दा बढी समय नेपालमै खर्चिसकेका छन् । ८१ बर्षको उमेरमा पनि उनि पुतलीकै अनुषन्धानमा लागिरहेका छन् । अहिले पनि उनि एउटा गैरसरकारी संस्था लिबर्डमा स्वयंसेवा गरिरहेका छन् ।

५२ वर्ष नेपालमै बिताएका उनी आफूलाई नेपाली नागरिक सरह ठान्छन् र सबैले पुतली बाजे भनेकोमा मख्ख पनि छन् । जवानी र वृद्ध दुवै उमेर नेपालमै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् ।

नेपालको हावापानी र नेपाल मन पराउने उनले नागरिकताका लागि धेरै पहल गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ । तर पुतली बाजे ५० वर्ष नेपाल बसेर पनि नागरिकता पाउन सकेका छैनन् । उनको अनुषन्धान र खोजको प्रशस्त फाइदा लिएको नेपालले उनको यो अन्तिम इच्छा पुरा गरिदिए उनि साँच्चिकै नेपालकै पुतली बाजे हुने थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ