पोखरा, २२ माघ । संघीयताको कार्यान्वयनको चरणमा यो खर्चिलो र राज्यले धान्न नसक्ने भन्दै केह असन्तुष्टि पनि नआएका होईनन् । राष्ट्रिय जनमोर्चाले भने पहिल्यैदेखि संघीयताको विरोध गर्दै आएको छ । प्रदेश नं. ४ को पहिलो प्रदेश सभा बैठकमा पनि विरोध भएको छ ।
संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो पार्टीको संघीयता प्रतिको असन्तुष्टी कायमै रहेको धारणा राखे । ‘संघीयताप्रति हाम्रो असहमति छ र यो असहमति यथवात रहन्छ’, बैठकलाई सम्बोधन गर्दै उनले भने–‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो भएको छ । बाँधिराखौं भने महंगो पर्छ, छोडौं भने जनताको बलिदान सकिन्छ ।’
उनले दक्षिण र उत्तरको प्रभावमा नपरी प्रदेश बलियो बनाउन लागि पर्नुपर्ने बताए । थापा नेकपा एमाले र माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जित्दै प्रदेश सभामा पुगेका हुन् । जनमोर्चाले गणतन्त्रका पक्षपाती एमाले र माओवादीसँग बागलुङ र प्युठानसहितका जिल्लामा चुनावी तालमेल गरेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता कडा आलोचकमध्ये एक हुन् ।
उसो त नेपाली काँग्रेसकै वरिष्ठ नेताहरुले समेत संघीयता मुलुकले धान्न नसक्ने समाचार सावैजनिक भएको छ । दलहरु अब चाहेर पनि पछाडि फर्कन सक्ने अवस्था भने छैन ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि